
कैलाली पुगेका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पूर्वनिर्धारित कार्यक्रम छाडेर काठमाडौं फर्कने भएका छन् ।
नेता नेपाल बिहीबार धनगढी पुगेका थिए । आज उनी बुद्धिजिवी परिषद्को कार्यक्रममा प्रमुख अतिथि हुने कार्यक्रम तय थियो ।
तर सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको टेलिफोन संवादपछि नेपाल काठमाडौं आउन लागेको बताईएको छ ।
नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच सहमति हुने करिब निश्चित जस्तै बनेपछि प्रचण्डले नेता नेपाललाई काठमाडौँ बोलाएका हुन् ।







प्रतिक्रिया