शुक्रबार, ४ जेठ २०८१

हिमालय जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा शाह नियुक्त

समयपोष्ट २०७८ फागुन १ गते १७:२५

Advertisement

हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विजय बहादुर शाह नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको माघ २८ गते बसेको बैठकले शाहलाई सिइओ नियुक्त गर्ने निर्णय गरको हो ।

फागुन १ गते देखि लागू हुने गरी उनलाई चार वर्षको लागि कम्पनीको सिइओ नियुक्त गरेको हो । शाह यस अघि नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए ।

नेपाल इन्स्योरेन्स भन्दा पहिला उनी एनएलजीमा दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

Advertisement

३५ वर्ष भन्दा बढिको कार्यानुभव भएका शाहले नेपाल बीमक संघलाई दुई पटक नेतृत्व गरिसकेका छन् । बरिष्ठ चार्टर्ड एकाउन्टेन्ट शाहले एमबीएसम्मको अध्ययन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री