मंगलबार, २५ वैशाख २०८१

कहिले हुँदैछ जाल्पा सामुदायिक लघुवित्तको आइपिओ बाँडफाँट ?

समयपोष्ट २०७८ फागुन १ गते १५:१४

Advertisement

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपिओ आज साँझ ५ बजे बाँडफाँट हुने भएको छ।

लघुवित्तले माघ २१ गते देखि ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको थियो । त्यसमध्ये ०।५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरमा मात्रै सर्वसाधारणको लागि बाँडफाँड हुनेछ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लुवित्तको शेयरमा २६ लाख ५९ हजार ५४० जना आवेदक बाट ३ अर्ब २५ करोड २० लाख ५८ हजार रुपैयाँ बराबरको ३ करोड २५ लाख २० हजार ५८० कित्ता शेयरको लागि आवेदन परेको छ ।

यो सर्वसाधारणलाई छुट्टाएको ४ लाख ८७ हजार ९०० कित्ताको ६६.६५ गुणाले बढी हो ।

Advertisement

माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ४८ हजार ७९० जना भाग्यमानी आवेदकले मात्रै लघुवित्तको शेयर पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री