शुक्रबार, ४ जेठ २०८१

एनएलजी इन्स्योरेन्सको खुद नाफा १० करोड २९ लाख

समयपोष्ट २०७८ फागुन १ गते ११:०६

Advertisement

एनएलजी इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १० करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको तुलनामा ३३.१५ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा १५ करोड ५३ लाख रुपैयाँ थियो।

एक अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३६ करोड ५९ लाख रुपैयाँ सञ्चित छ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा इन्स्योरेन्सको चुक्ता पुँजी १७.७० प्रतिशत बढ्दा जगेडा कोषको आकार १५ प्रतिशतले घटेको छ।

Advertisement

यो अवधिमा इन्स्योरेन्सको बीमा कोष एक अर्ब ७ करोड रुपैयाँ र महाविपत्ति जगेडा कोषको आकार ५ करोड १२ लाख रुपैयाँ छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा इन्स्योरेन्सको बीमा कोष १०.६० प्रतिशत वृद्धि हुँदा महाविपत्ति जगेडा कोषको आकार भने ३२.२२ प्रतिशत संकुचित भएको छ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ४२ करोड ७१ लाख रुपैयाँ संकलन गरेको छ। समिक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क संकलन २२.६२ प्रतिशत घटेको छ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा इन्स्योरेन्सले ५५ करोड २० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा इन्स्योरेन्सले ५ हजार २ सय ४० वटा बीमालेखबापत ६८ हजार ४ लाख ९८ हजार रुपैयाँ कूल दाबी भुक्तानी दिएको छ। यो अवधिमा ७ हजार २ सय २० बीमालेखबापत १ अर्ब ७३ करोड २९ लाख ६३ हजार रुपैयाँ भुक्तानी गर्न भने बाँकी छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको प्रति सेयर आम्दानी १७.०७ रुपैयाँ, प्रति सेयर नेटवर्थ २२३.८६ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य ३५२.३४ रुपैयाँ र अन्तिम कारोबार मूल्य ९२० रुपैयाँका आधारमा मूल्य आम्दानी अनुपात ५१.९८ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री