शुक्रबार, ४ जेठ २०८१

प्रिमियर इन्स्योरेन्सको खुद बीमा शुल्क २१.९२ प्रतिशतले वृद्धि

समयपोष्ट २०७८ माघ २८ गते ११:३३

Advertisement

प्रिमियर इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमाससम्ममा १५ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ ।

यो नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा १६.७३ प्रतिशत कम हो । गत आर्थिक वर्ष १८ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

एक अर्ब ७ करोड ४५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ४६ करोड ६५ लाख रुपैयाँ सञ्चित छ। कोषको आकार गत आर्थिक वर्षको तुलनामा ६२.१५ प्रतिशत वृद्धि भएको छ।

यस्तै, चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा इन्स्योरेन्सको बीमा कोषमा ९१ करोड ६७ लाख रुपैयाँ सञ्चित छ भने महाविपत्ति कोषको आकार ५ करोड ५ लाख रुपैयाँ छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बीमा कोष २०.७६ प्रतिशत वृद्धि भएको छ भने महाविपत्ति कोषको आकार झन्डै ३० प्रतिशत संकुचित भएको देखिन्छ।

Advertisement

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन २१.९२ प्रतिशत वृद्धि हुँदै ४६ करोड ९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले ३७ करोड ८१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो।

इन्स्योरेन्सले २ हजार ६८५ वटा बीमालेखबापत ३८ करोड ३२ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ। ६ हजार ९ सय २९ वटा बीमालेखबापत ३ अर्ब ८७ करोड ३१ लाख रुपैयाँ भुक्तानी गर्न भने बाँकी रहेको देखिन्छ ।

समीक्षा अवधिमा प्रिमियर इन्स्योरेन्सको प्रति सेयर आम्दानी २८.९७ रुपैयाँ, प्रति सेयर नेटवर्थ २३३.४३ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य ३८८.१७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३९.७३ गुणा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री