प्रचण्ड र नेपाललाई भेटेर देउवाले भने-एमसीसीलाई तत्काल संसदमा पेस गरेर पारित गरौँ

प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।

Advertisement

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल भएको हो ।

भेटका क्रममा प्रधानमन्त्री देउवाले एमसीसीलाई तत्काल संसदमा पेस गरेर पारित गर्नुपर्ने धारणा राखेको बताईएको छ ।

प्रचण्ड र नेपालले भने एमसीसीबारे जनस्तरबाट उठेका सवालहरूको सम्बोधन गरिनुपर्नेमा जोड दिएको बताईएको छ । उनीहरूले यथास्थितिमै एमसीसी पारित गराउन नसकिने भन्दै थप समय लिनुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री