सोमबार, २४ वैशाख २०८१

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने समय थप

समयपोष्ट २०७८ माघ २७ गते ९:३४

Advertisement

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयरमा आवेदन दिने समय थप गरेको छ ।

माघ ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा अब लगानीकर्ताले फागुन १३ गतेसम्म आवेदन दिन सक्नेछन्।

बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन खुला गरेको थियो।

यसअनुसार बैंकले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद जारी गरेको हो।

Advertisement

हकप्रद निष्काशनका लागि बैंकले पुस २६ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार पुस २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस बैंकका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

बैंकको हकप्रद शेयरको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। हकप्रदमा सिभिल क्यापिटल तथा कर्पोरेट डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री