यसरी आकाशमै खुलेको थियो गुण एयरलाइन्सको जहाजको ढोका

काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजको ढोका आकासमै खुलेको घटना बारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

Advertisement

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा समितीले बुझाएको प्रतिवेदनमा यस घटनामा मानवीय त्रुटि भएको निष्कर्ष निकालेको छ । ‘क्याविन क्रु’ले सबै यात्रु चढिसकेपछि ढोका लगाएको तर,‘ढोका राम्रोसँग लक’ नभएको पाइएको बताईएको छ ।

उक्त घटना गत २ माघको हो । यसको जानकारी पाएलगत्तै उडेको ५ मिनेटमै पाइलटले जहाजलाई काठमाडौं विमानस्थलमै फर्काएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री