आइतबार, २३ वैशाख २०८१

अण्टरप्रेनरसिप डेभलपमेण्टलाई हामीले उच्च प्राथमिकतामा राखेका छौँ 

समयपोष्ट २०७८ माघ २२ गते १०:२३

Advertisement

यहाँले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्नुभएको छ । कोरोनाको असरका बाबजुद यत्तिको रिजल्ट आउनुमा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

कर्पोरेट ड्रिम कहिल्यै पनि समाप्त नहुने रहेछ । हामीले जुन वित्तीय विवरण सार्वजनिक गरेका छौं, त्यतिले मात्र सन्तुष्ट हुने ठाउँ पक्कै पनि छैन । सबैभन्दा विश्वसनीय बैङ्क बन्न सकेको दिनमात्र हामी सन्तुष्ट हुनेछौं । राष्ट्र निर्माणमा योगदान पुर्याउने नम्बर वन योगदानकर्ता जबसम्म हुँदैनौं, सन्तुष्ट भएर रहने अवस्था रहँदैन । हाम्रो संस्था एकदमै ठूलो सम्भावना बोकेको संस्था हो । यसले ठूला–ठूला परिवर्तनहरु हाँसिल गर्न सक्छ । त्यसकारणले पनि योभन्दा अझ बढी गर्न सक्छौँ भन्ने विश्वास मलाई छ ।

क्षेत्रीयस्तरबाट आएको बैङ्क यति छिटो अगाडि आउन कसरी सम्भव भयो ?

क्षेत्रीयस्तरभन्दा पनि पहिले हामी जुन तीनवटा बैङ्क मिलेर बन्यौं, त्योमध्ये कास्की फाइनान्स राष्ट्रियस्तरकै फाइनान्स कम्पनी थियो । त्यसपछि कामना पनि राष्ट्रियस्तरकै विकास बैङ्क थियो । यो पन्ध्र वर्षभन्दा बढीको इतिहास बोकेको संस्था हो । राष्ट्रियस्तरमा रुपान्तरण भएको थोरै समय भए पनि लामो इतिहासबाट बनेको संस्था भएको हुनाले हामीलाई धेरै नै सजिलो भयो । हाम्रा बोर्ड सदस्यहरु नै राम्रा पृष्ठभूमिका, रेपुटेड व्यक्तित्वहरु हुनुहुन्छ । त्यसले पनि यस प्रक्रियामा हामीहरुलाई निकै सहज बनायो । करिब १ हजार जना जति त हाम्रा क्षमतावान्, मिहिनेती टिम मेम्बर्सहरु हुनुहुन्छ । उहाँहरुको निरन्तरको प्रयासले पनि यो सम्भव भएको हो । हामीप्रति माया र सद्भाव राख्ने पाँच लाख ग्राहकहरुको सहयोग र सद्भावले पनि हामीलाई सहज भयो । हामीमा ठूलो सम्भावना भएको हुँदा हामी धेरै राम्रो गर्न सक्छौं भन्ने विश्वास हामीलाई छ ।

Advertisement

परम्परागत बैङ्किङबाहेक कामना सेवा विकास बैङ्कले कस्ता क्षेत्रलाई प्राथमिकता दिएको छ ?

हामीले दुई–चारवटा क्षेत्रमा फरक पहिचान बनाउने हिसाबले काम गरिरहेका छौं । एउटा अण्टरप्रेनरसिप डेभलपमेण्ट । यसलाई हामीले उच्च प्राथमिकतामा राखेका छौँ । लामो समयसम्म अण्टरप्रेनरसिप डेभलपमेण्टमा काम गरिरहेको संस्था र हामी सहकार्य गरेर २५ जना स्वरोजगार बन्न चाहने युवाहरुका लागि पाँच दिने ग्रोथ क्याम्पको आयोजना गरिरहेका छौँ र यसलाई हामी निरन्तरता दिन्छौँ । धेरैभन्दा धेरै अण्टरप्रेनरसिपको विकास गर्न हामी लागिपरेका छौँ ।

हामीले बैङ्कलाई डिजिटल बैङ्कको रुपमा चिनाउने अभिलाषाका साथ डिजिटल अवेयरनेसमा ठूला कामहरु गरिरहेका छौँ । अनलाइन डिजिटल अवेयरनेसका रेगुलर क्लाससेसहरु सञ्चालन भइरहेका छन्, जहाँ डिजिटल प्रडक्टसम्बन्धी कुराहरु बुझेर ग्राहक बन्न सक्ने सम्भावना भएका प्रयोगकर्ताहरुलाई प्रडक्टहरु कसरी प्रयोग गर्ने भनेर अवेयर गराउँछौं ।

दोस्रो, हामीले बैङ्कलाई डिजिटल बैङ्कको रुपमा चिनाउने अभिलाषाका साथ डिजिटल अवेयरनेसमा ठूला कामहरु गरिरहेका छौँ । अनलाइन डिजिटल अवेयरनेसका रेगुलर क्लाससेसहरु सञ्चालन भइरहेका छन्, जहाँ डिजिटल प्रडक्टसम्बन्धी कुराहरु बुझेर ग्राहक बन्न सक्ने सम्भावना भएका प्रयोगकर्ताहरुलाई प्रडक्टहरु कसरी प्रयोग गर्ने भनेर अवेयर गराउँछौं । कसरी प्रयोग गर्ने, कसरी समयको बचत गर्ने, कसरी कोभिड–१९ बाट जोखिमरहित वातावरणमा बैङ्किङ गर्ने भनेर बताइरहेका छौं । हामीले हाम्रा ग्राहकहरुका लागि धेरै किसिमका भ्यालु याडेड सर्भिसहरु लञ्च गरेका छौँ । जस्तो लकर सर्भिसेस हामीले हाम्रा धेरैजसो शाखाहरुमा उपलब्ध गराएका छौँ । ग्राहक नबनीकन पनि डिजिटल प्रडक्टहरु प्रयोग गर्न सक्नुहोस् भनेर वालेट सर्भिसेस पनि सञ्चालनमा ल्याएका छौँ । हामी हाम्रा हरेक व्यवहारहरु ग्राहक केन्द्रित भएर गर्छौं । हामीले हरेक निर्णय गर्दा ग्राहकहरुलाई केन्द्रविन्दुमा राखेर निर्णय गर्ने परिपाटी बसाएका छौँ । हामी चाँडै नै क्रेडिट कार्ड लञ्च गर्ने तयारीमा छौँ । भिसा सेक्रेट डलर्स कार्डहरुका बारेमा पनि केही कामहरु भइरहेका छन् । भ्यालु याडेड सर्भिसेसको माध्यमबाट हामीले ग्राहकहरुलाई अहिलेको बद्लिँदो दुनियाँमा उहाँहरुलाई आवश्यक पर्ने फाइनान्सियल टुल्सहरु दिने कुरालाई प्राथमिकतामा राखेका छौँ ।

ठूला तथा पुराना कर्मसियल बैङ्क मर्जरमा गइरहेका छन् । कामना सेवा पनि मर्जरमा जाने सम्भावना कत्तिको छ ?

मर्जरमा जाने/नजाने भन्ने कुरा नितान्त सञ्चालक समितिसँग सम्बन्धित कुरा होरु। यस विषयमा काय । यस विषयमा कार्यकारी प्रमुखको हिसाबले मैले धेरै भन्ने कुरा रहँदैन । मर्जरर्सहरु विशुद्ध व्यावसायिक निर्णयहरु हुन् । जुन निर्णयले सेयर होल्डर्सहरु मूल्य बढाउँछ, त्यस्ता व्यावसायिक निर्णयहरु गर्नुपर्छ भन्ने फण्डामेण्टल थट प्रोसेस हो । तर, हामी मर्जर नै गरेर जानुपर्छ भनेर त्यसकै पछाडि लागेर हिँडेका छैनौं । हामीले कसरी अब्बल बन्ने र राष्ट्र निर्माणमा सबैभन्दा बढी योगदान गर्ने बैङ्क कसरी बन्न सकिन्छ भनेर फोकस गरेर अगाडि बढिरहेका छौँ । यस सिलसिलामा कहीँ कतैबाट यस्ता प्रस्तावहरु आए र हाम्रा सेयरहोल्डर्सहरुको भ्यालु म्याक्सिमाइज हुन्छ, हाम्रा कर्मचारीहरुको र ग्राहकहरुको पनि समष्टिगतरुपमा हित हुन्छ भने अवश्य पनि बोर्डले ती कुराहरुलाई मध्यनजर गरेर निर्णय गर्न सक्छ ।

विकास बैङ्कले जति नै राम्रो गरे पनि सरकारले अझै विश्वास गरेजस्तो देखिँदैन । तपाईंहरुको लबिङ पुगेन कि ?

विश्वास भन्ने कुरा मागेर पाइने चिज होइन, यसलाई जितेर लिनुपर्छ । सरकार, रेगुलेटरको विश्वास जित्ने कुरामा विकास बैङ्कहरु धेरै नै सफल भएका छन् जस्तो लाग्छ । लामो समयदेखि क्रेडिट कार्ड जारी गर्न पाउनुपर्छ भन्ने माग राखिरहेका थियौँ । यो माग हालसालै सम्बोधन भएको छ । हामीले क्रेडिट कार्ड जारी गर्न पाउने भएका छौँ ।

सरकारले पनि चाँडै नै विकास बैङ्कहरुलाई सरकारी निक्षेपलगायत अन्य सङ्घसंस्थाहरुको निक्षेपमा पहुँच दिनु उपयुक्त हुन्छ, विकास बैङ्कहरुले पनि राष्ट्र निर्माणमा योगदान गरिरहेका छन्, उनीहरुको म्यानेजमेण्ट पनि अब्बल हुँदै आएको छ भन्ने महशुस उहाँहरुले चाँडै नै गर्नुहुन्छ र हामीले चाँडै नै कारोबार गर्न पाउँछौ भन्ने लागेको छ ।

नेपाल टेलिकमजस्तो संस्थाले आफ्नो निक्षेप विकास बैङ्कमा राख्न सुरु गरिसकेको छ । अन्य संस्थाहरुले पनि यस कुरालाई अनुकरण गर्नुहुन्छ भन्नेमा विश्वस्त छौँ । डेभलपमेण्ट बैङ्कर्स एसोसिएसनमा म आफैँ पनि कोषाध्यक्षको हैसियतले कार्यरत छु । हामीले के–केमा सुधार गर्यौं, कसरी सुधार गर्यौं, कुन बाटो हामीले अवलम्बन गरिरहेका छौँ भन्ने कुरालाई रेगुलेटरलगायत सम्बन्धित सङ्घसंस्थाका बोर्ड, म्यानेजमेण्टलाई ब्रिफ गरिरहेका छौँ । विश्वास जित्ने कुरा भएकाले हामी क्रमशः विश्वास जित्दै जान्छौँ । सरकारले पनि चाँडै नै विकास बैङ्कहरुलाई सरकारी निक्षेपलगायत अन्य सङ्घसंस्थाहरुको निक्षेपमा पहुँच दिनु उपयुक्त हुन्छ, विकास बैङ्कहरुले पनि राष्ट्र निर्माणमा योगदान गरिरहेका छन्, उनीहरुको म्यानेजमेण्ट पनि अब्बल हुँदै आएको छ भन्ने महशुस उहाँहरुले चाँडै नै गर्नुहुन्छ र हामीले चाँडै नै कारोबार गर्न पाउँछौ भन्ने लागेको छ ।

बैङ्कहरुमा हरेक वर्ष लगानीयोग्य रकमको अभाव हुँदै आएको छ तर यसको दीर्घकालीन समाधान किन हुन सकेको छैन ? समस्या कहाँनेर हो ?

यसमा धेरैवटा कम्पोनेन्टहरुमा विचार गर्नुपर्ने हुन्छ । हुण्डीलगायत अन्य विभिन्न माध्यमबाट आउने रेमिट्यान्सको मात्रा ठूलो छ । यसलाई औपचारिक च्यानलबाट ल्याउने कुरालाई बढी जोड दिनुपर्छ । हामीले आयात गरेको केही रकम र रेमिट्यान्सबीचमा सेटल हुने भन्ने कुरा इनफर्मल मार्केटमा सुन्दै आएका छौँ । त्यसकारण रेमिट्यान्सलाई फर्मल च्यानलमा स्थापित गर्न धेरै ठाउँबाट कोशिस गर्नुपर्छ । राष्ट्र बैङ्कले पनि फर्मल च्यानलबाट आएको रेमिट्यान्सलाई १ प्रतिशतले निक्षेपको प्रिमियम थप गरेर दिन सकिने निर्णय गरेको छ । यसले फर्मल च्यानलबाट रेमिट्यान्स आउन इन्सेन्टिभको रुपमा काम गरेको छ । अर्को, सरकारले पुँजीगत खर्चको नीति पुनरावलोकन गरेर पुँजीगत खर्च गर्ने फ्रेम वर्कलाई मजबुत बनाउनुपर्छ । जुन रकम सरकारको ढुकुटीमा गएर बस्छ र बाहिर सर्कुलेट हुँदैन, त्यहाँबाट समस्या पैदा हुन्छ ।

हाम्रो देश विकासोन्मुख देश भएकाले यहाँ धेरै सम्भावनाहरु छन् । त्यो सम्भावनालाई मूर्त रुप दिन रकम, श्रमको जरुरत छ । यस्तो अर्थतन्त्रमा निक्षेपको ग्रोथभन्दा लोनको माग बढी हुनु स्वाभाविक नै हो । यसलाई अस्वाभाविकरुपमा लिन मिल्दैन ।

अर्को, सम्पूर्ण नेपालीहरुले आफ्नो देशलाई विकसित देशको रुपमा हेर्न चाहनुहुन्छ भने केही कुरामा बलिदान दिन र योगदान गर्न तयार हुनुपर्छ । विदेशबाट किनेर ल्याउने विद्युतीय उपकरणहरुलगायत अन्य सामानहरु खरिद गरेर ल्याइरहेका छौँ, जसले व्यालेन्स अफ पेमेण्टमा ठूलो धक्का दिइरहेको छ । एलसी खोल्ने क्रममा हाम्रो धेरै रकम विदेशिइरहेको छ । यसमा हामीले आफूले आफैँलाई लगाम लगाएर देशप्रति योगदान गर्न स्वदेशमै बनेका सामग्रीहरु प्रयोगमा जोड दिनुपर्छ जस्तो लाग्छ । सरकारले निर्यातलाई प्रमोसन गर्ने नीतिहरु ल्यायो भने विदेशी मुद्रा नेपाल भित्रिन्छ । त्यसले तरलताको अवस्थामा पक्कै पनि असर गर्छ । अनप्रडक्टिभ क्षेत्रमा जुन लोन गइरहेको छ, त्यसलाई रेगुलेटरले नियमन गर्नुपर्छ । त्यति भएपछि मात्र उत्पादनशील क्षेत्रमा रकम जान थाल्छ । त्यसले सक्रिय इफेक्ट लिएर आउँछ र त्यसले राम्रो गर्छ जस्तो लाग्छ ।

अर्को, अहिलेका युवाहरु जागिरे मानसिकतातिरमात्र गए भने त्यसले समस्या निम्त्याउन सक्छ । त्यसकारण अण्टरप्रेनरसिपलाई प्रमोट गर्ने खालका नीतिहरु निरन्तररुपमा बनाइराख्नुपर्छ । यस्ता कुराहरुमा ध्यान दिइयो भने केही हदसम्म यो समस्यालाई समाधान गर्न सक्छौँ । केही कामहरु भएका छन् र अरु काम पनि हुने तयारीमा छन् जस्तो लाग्छ । अनप्रडक्टिभ क्षेत्रमा गएका लगानीहरुलाई प्रडक्टिभ क्षेत्रमा ल्याउन सक्नु नै सबैभन्दा ठूलो टुल हो । हाम्रो देश विकासोन्मुख देश भएकाले यहाँ धेरै सम्भावनाहरु छन् । त्यो सम्भावनालाई मूर्त रुप दिन रकम, श्रमको जरुरत छ । यस्तो अर्थतन्त्रमा निक्षेपको ग्रोथभन्दा लोनको माग बढी हुनु स्वाभाविक नै हो । यसलाई अस्वाभाविकरुपमा लिन मिल्दैन ।

लगानीयोग्य रकमको अभावले कर्मसियल बैङ्कहरुले अहिले लोन नै रोकेर बसेका छन् । विकास बैङ्कमा कत्तिको समस्या छ ?

हामी पनि एउटै अर्थतन्त्रको अङ्ग भएको हुनाले यसबाट अछुतो रहने कुरा भएन । संस्थागत निक्षेपहरु केही संस्थाबाट मात्र प्राप्त हुने र ठूला संस्थाहरुबाट निक्षेप प्राप्त नहुने भयो । हामी पनि राज्यकै अङ्ग हौँ । राज्यकै नीति, नियम, परिधिभित्र रहेर काम गरिरहेका छौँ । ठूलो मात्रामा कर तिरेर राष्ट्र निर्माणमा हामीले योगदान पनि पु¥याइरहेका छौँ । तर पनि केही ठूला सङ्घ–संस्थाबाट निक्षेप नपाउने हुँदा अवश्य पनि वाणिज्य बैङ्कको तुलनामा हिट कम प¥यो होला । तथापि, हामीलाई असर नपरेको भन्ने होइन । हाम्रो ठूलो मात्रामा रहेको सेभिङ डिपोजिट यो बीचमा व्यक्तिगत मुद्दती निक्षेपमा रुपान्तरण भयो । त्यसले ठूलो व्ययभार बढाएको अवस्था छ । निक्षेप वृद्धिदर लगभग शून्यको हाराहारी भएको हुनाले नयाँ लोन कष्टुमर खोज्नेभन्दा पनि अप्रुभ गरिसकेको लोन ग्राहकहरुलाई कसरी दिन सकिन्छ भन्ने कुरामा नै आफूलाई सीमित राख्नुपर्यो। अवश्य त्यसले हामीलाई पनि केही समस्या नपारोस् । तथापि, ठूला–ठूला डिपोजिटहरु निस्किएर प्रिम्याचुअर भएर हुने समस्या कमै मात्र फेश गर्नुपर्यो ।

विशुद्धताको खोजी, कसरी कुनै काममा अब्बल हुन सक्छौँ भन्ने खोजी निरन्तर गरिरहन्छौँ । आज कुनै कुरा एकदम राम्रो गर्यौं भनेर चित्त बुझाउनेवाला छैनौँ । त्यसलाई थप राम्रो कसरी गर्न सकिन्छ भनेर लागिरहनेछौँ ।

बैङ्कका आगामी योजना के छन् ?

हाम्रो स्ट्रङ, इफिसियन्ट डिजिटल सर्भिसेसहरुलाई निरन्तर प्रमोट गर्दै जाने भन्ने हाम्रो मुख्य नीति हो । यसमा हामी निरन्तररुपमा अडिग भएर लाग्नेछौँ । त्यस्तै, क्वालिटी एसेटहरु ग्रो गर्ने हाम्रो सपना छ । निरन्तररुपमा हामी क्वालिटी ग्रोथमा लागिपर्ने छौं । हामी हाम्रो ब्राण्ड, इमेज र गुडविललाई म्यासिभरुपमा प्रमोट गर्ने नै छौँ र यसलाई निरन्तरता दिने नै छौँ । हामीले सम्पूर्ण निर्णय गर्दा ग्राहकहरुलाई केन्द्रमा राखेर निर्णय गर्ने भन्ने हाम्रो कोर भ्यालु हो । यसमा हामी हाम्रा ग्राहकहरु, स्टेक होल्डर्सहरुलाई निरन्तररुपमा सन्तुष्ट गर्न लागिपर्ने छौँ । गुड कर्पोरेट गर्भनेन्सका प्राक्टिसेसहरुलाई निरन्तररुपमा फलो गरिरहने नै छौँ । विशुद्धताको खोजी, कसरी कुनै काममा अब्बल हुन सक्छौँ भन्ने खोजी निरन्तर गरिरहन्छौँ । आज कुनै कुरा एकदम राम्रो गर्यौं भनेर चित्त बुझाउनेवाला छैनौँ । त्यसलाई थप राम्रो कसरी गर्न सकिन्छ भनेर लागिरहनेछौँ । यिनै कुराहरुलाई निरन्तरता दिएर राष्ट्र निर्र्माणमा सबैभन्दा ठूलो योगदान गर्ने बैङ्कको रुपमा स्थापित गर्नका लागि निरन्तररुपमा लागिपर्नेछौँ । समयबोध म्यागेजिन, माघ २०७८ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री