आइतबार, २३ वैशाख २०८१

पहिचानका लागि फाइनान्सलाई ‘बैङ्क’ भनेर लेख्न दिनुपर्छ

समयपोष्ट २०७८ माघ २१ गते १२:२६

Advertisement

लगानीयोग्य रकम अभाव फाइनान्स कम्पनीहरुमा कस्तो छ ?

एक महिनाअगाडि फाइनान्स कम्पनीहरुले सहजतापूर्वक गरिरहेकै हो । अहिले फाइनान्स कम्पनीहरुमा पनि लगानीयोग्य रकम टाइट भएको अवस्था छ । त्यसले गर्दा लोनमा पनि प्रभाव परिरहेको छ ।

हरेक वर्ष लगानीयोग्य रकमको अभाव हुँदै आएको छ । यस वर्ष त लोन नै रोक्नुपर्ने अवस्था आयो । यो समस्या समाधानको दीर्घकालीन उपाय के होला ? समस्या कहाँनिर हो ?

यसको दीर्घकालीन समाधानको बारेमा हामीले बताउन सक्ने अवस्था छैन । अहिले कर्जाको मात्रा वृद्धि भएको छ, निक्षेपको वृद्धि भएको छैन । सीडी रेसियो ९० प्रतिशत कायम राख्नुपर्छ । पहिले कर्जा बढाएर त्यसका लागि निक्षेप खोज्ने बानी हुन्थ्यो । तर, विभिन्न कारणले गर्दा यसपालि निक्षेप वृद्धि भएन । चाहिनेभन्दा बढी मात्रामा कर्जाको माग आएको हुँदा निक्षेपको तुलनामा कर्जा बढी गयो । त्यसकारण अलिकति समस्या देखिएको हो ।

Advertisement

विकास बैङ्क र फाइनान्स कम्पनीहरु सामान्यतया साना–साना निक्षेपमा नै खुसी भइरहेका छन् । तीन–चार महिनादेखि तरलता कम भएको देखिए तापनि फाइनान्स र विकास बैङ्कमा त्यति ठूलो असर नदेखिनुको कारण त्यो हो ।

फाइनान्स कम्पनी र विकास बैङ्कहरुले जति राम्रो काम गरे पनि सरकारी कारोबार गर्न किन पाइरहेका छैनन् ? यहाँको लबिङ पुगेन कि ?

सरकारी कारोबारमा हामीलाई संस्थागत निक्षेप धेरै दिइरहेको अवस्था हो । तर, त्यसमा लबिङ गर्नेभन्दा पनि आफूले कति बलियो छु भनेर प्रमाणित गर्ने कुरा हो । किनभने, निक्षेप दिँदा कुन संस्था कति बलियो छ भनेर हेर्ने हो । त्यो मानेमा अहिले फाइनान्स कम्पनीहरु बलियो भएर आइसकेका छन् । यस्तो अवस्थामा उहाँहरुको मानसिकता परिवर्तन हुन्छ होला । अहिले धेरैजसो ठूला संस्थाहरु जोसँग धेरै रकम हुन्छ, उनीहरुले निक्षेपमा दिँदा विकास बैङ्क र फाइनान्स कम्पनीमा तुलनात्मकरुपमा वाणिज्य बैङ्कमा भन्दा तरलतामा एकैचोटी सङ्कुचन हुन कम हुन्छ । त्यसकारणले गर्दा विकास बैङ्क र फाइनान्स कम्पनीहरु सामान्यतया साना–साना निक्षेपमा नै खुसी भइरहेका छन् । तीन–चार महिनादेखि तरलता कम भएको देखिए तापनि फाइनान्स र विकास बैङ्कमा त्यति ठूलो असर नदेखिनुको कारण त्यो हो ।

सहकारीहरुलाई पनि जनताले फाइनान्स भनेर बुझ्ने गर्छन् । त्यसले फाइनान्स कम्पनीलाई कत्तिको असर गरेको छ ?

हामीले यो विषयमा कुरा गरिरहेका छौँ । यो विषयमा कुरा गर्दा वाफियाको कुरा तेर्सिन्छ । वाफियाले क, ख, ग, र घको केसमा कलाई वाणिज्य बैङ्क बाँकी सबै वित्तीय संस्था भनेको छ । एउटा वाणिज्य बैङ्क र अर्को वित्तीय संस्था भनेर छुट्याइरहेको अवस्था त हो तर पनि बोलाउँदा कसरी बोलाउनेभन्दा ‘क’ वर्गको वाणिज्य बैङ्क नै भयो । ‘ख’ वर्ग विकास बैङ्क र ग वर्गको केसमा वित्तीय संस्था भनिएको छ । यही कारणले हामीले राष्ट्र बैङ्कमा अनुरोध गरिरहेको के भन्दा हामीले वित्तीय संस्था भनेर ब्राकेटमा सधैँ राखिरहेकै हुन्छौँ । त्यसको अर्थ वाफियाले जे भनेको हो, त्यो भइहाल्यो । तर, हाम्रो नाममा बैङ्क आउनुप¥यो । निक्षेप लिनका लागि होइन कि जुन गलत धारणा छ फाइनान्स कम्पनी भन्नेबितिक्कै कोअपरेटिभ र फाइनान्स कम्पनी नछुट्टिने, त्यो पहिचानको सङ्कट कम गर्नका लागि हामीलाई फाइनान्स बैङ्क भनेर लेख्न दिनुपर्छ । ब्राकेटमा नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था भनेर हामी लेख्छौँ ।

फाइनान्स बैङ्क भनेर राख्यौँ भने त्यसको ब्राकेटमा वित्तीय संस्था भनेर पनि लेखिदिन्छौँ । यो हामीले अनुरोध गरिरहेका हौँ । यो भयो भने राष्ट्र बैङ्कको रेगुलेसनमा बसेर काम गर्ने त्यो हुँदै हो । त्यसपछि राष्ट्र बैङ्कको अण्डरमा बसेर काम गर्ने, राष्ट्र बैङ्कबाट लाइसेन्स लिएर काम गर्ने संस्थाहरु बैङ्कहरु हुन् । त्यो क, ख, ग, घ क्लासको हुन्छ भन्ने हुन्छ । अरु बाँकी भनेको सहकारी भयो । सहकारीले आफ्नै किसिमको मार्केटिङ गरेर बस्ला । सर्वसाधारणमा फाइनान्स भन्नेबितिक्कै सहकारी भन्ने भयो । वित्तीयरुपमा साक्षर भएको र नभएको मानिसहरुमा त्यो कन्सेप्ट भएको हुनाले पहिचानको सङ्कट भयो । त्यसले गर्दा फाइनान्स कम्पनीहरुलाई बैङ्क लेख्न दिनुपर्यो भनेर लबिङ गरिरहेको हो ।

भर्खर–भर्खर बैङ्किङ गर्न सुरु गर्नेहरु, कमन लेवलबाट भर्खर सुरु गर्ने अण्टरप्रेनरहरु, ऋणीहरुका लागि विकास बैङ्क र वित्त कम्पनीहरु चाहिन्छ । त्यो कारणले गर्दा फाइनान्स कम्पनीहरु मर्ज गर्ने सोचमा छैनन् ।

ठूला पुराना बैङ्कहरु पनि मर्जरमा गइरहेका छन् । फाइनान्स कम्पनी र खासगरी यहाँले नेतृत्व गरेको गुडविल फाइनान्स मर्जरमा जाने कुनै योजना छ कि ?

हामीलाई मर्जर प्रस्ताव आएको पनि छैन । हामीलाई मर्जर गर्ने आवश्यकता परेको पनि छैन । नेपालको बजारमा ठूलो हुँदैमा राम्रो हुन्छ भन्ने होइन । भर्खर–भर्खर बैङ्किङ गर्न सुरु गर्नेहरु, कमन लेवलबाट भर्खर सुरु गर्ने अण्टरप्रेनरहरु, ऋणीहरुका लागि विकास बैङ्क र वित्त कम्पनीहरु चाहिन्छ । त्यो कारणले गर्दा फाइनान्स कम्पनीहरु मर्ज गर्ने सोचमा छैनन् । तै पनि मर्ज भन्ने कुरामा आफ्नो रणनीति, व्यावसायिक आवश्यकताअनुसार हुन्छ । कसैलाई म ठूलो संस्थामा गाभिन्छु भन्छ भने त्यो पनि गरे हुन्छ । सकारात्मक सिनर्जी इनर्जी देखिने हो भने जसले गरे पनि भयो । अहिले फाइनान्स कम्पनीहरु स्थापित देखिएका छन् । आन्तरिक रुपमा पनि बलियो देखिएको कारणले गर्दा अहिले ठूलोसँग विलय भएर जाने अवस्था देखिएको छैन ।

ओमिक्रोन भेरियण्टले वित्तीय संस्थालाई कस्तो असर गर्ला ?

अहिले नेपालमा देखिएको ओमिक्रोनमात्रै हो कि डेल्टा भेरियण्ट पनि छ ? त्यो देखिएको छैन । अस्पताल भर्ना हुनेको रेट कम भएको देख्दा ओमिक्रोन नै भएको हुन सक्छ । माघ महिनाभरि हामीले अलि संयमता अपनाउन सक्यौँ र हाम्रा कर्मचारीहरुलाई ओमिक्रोनको असरबाट जोगाउन सक्यौँ, बाहिर निस्कँदा स्वास्थ्य सावधानी अपनाउन सक्यौँ भने त्यति ठूलो असर गर्दैन होला । तेस्रो लहर आइहाल्यो, किस्ता तिर्न राष्ट्र बैङ्कले सहयोग गर्ला भन्ने कसैले सोचेको हुन सक्छ । त्यो मानसिकता त्याग्दा नै सजिलो हुन्छ होला । समयबोध म्यागेजिन, माघ २०७८ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री