शुक्रबार, २८ वैशाख २०८१

सात करोड ७९ लाखको लागतमा सन्धिखर्कमा चिस्यान केन्द्र बन्दै, १५० मेट्रिक टन भण्डारण गर्ने क्षमता

समयपोष्ट २०७८ माघ १९ गते ११:४६

Advertisement

अर्घाखाँचीको सन्धिखर्कमा अत्याधुनिक स्तरको चिस्यान केन्द्र निर्माण गरिने भएको छ । कृषकले उत्पादन गरेको फलफुल तथा तरकारी सुरक्षित भण्डारण गर्न सन्धिखर्क नगरपालिकाले वडा नं १ को हटारीमा चिस्यान केन्द्र निर्माण गर्न लागेको हो ।

चिस्यान केन्द्र रु सात करोड ७९ लाखको लागतमा निर्माण गर्न लागिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिनुभयो । चिस्यान केन्द्रको अभावमा तरकारी तथा फलफुल कृषकले सस्तो मूल्यमा बिक्री गर्न बाध्य थिए । उत्पादन भएको तरकारी तथा फलफुल कुहिएर जाने गरेको थियो । कृषकले उत्पादन गरेको तरकारी तथा फलफुल चिस्यान केन्द्रमा राखेर जुनसुकै समयमा पनि बिक्री गरी मनग्य आम्दानी गर्न सकिने अर्यालले बताउनुभयो ।

नगर प्रमुख कमलप्रसाद भुसालका अनुसार चिस्यान केन्द्रको क्षमता १५० मेट्रिक टन रहेको छ । आगामी वर्ष २०७९ चैत मसान्तसम्म काम सम्पन्न गर्ने गरी लुम्बिनी अर्घाखाँची जेभीसँग निर्माणको सम्झौता भएको हो । चिस्यान केन्द्र स्थापना भएर सञ्चालनमाा आएपछि कृषक मात्र होइन उपभोक्ता समेत लाभान्वित हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री