मंगलबार, १८ वैशाख २०८१

मोटरहेडले माघ १९ गतेदेखि पाँच दिने एक्सचेञ्ज सञ्चालन गर्ने

समयपोष्ट २०७८ माघ १८ गते १७:४९

Advertisement

मोटरहेड ब्राण्ड नेपालका लागि आधिकारीक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेड माघ १९ गते देखि लागू हुने गरी ५ दिने एक्सचेञ्ज सञ्चालन गर्ने भएको छ ।

उपत्यका भित्रका सबै शोरुमहरुमा लागू हुने गरी उक्त कार्यक्रममा कम्पनीले यस पटक पुरानो वाइकको बजार मूल्यांकनमा थप रु.२०,०००।– दिने जनाएको छ । यस अघि कम्पनीले थप मुल्यांकनमा रु.१५,०००।– दिने गरेको थियो । यसका साथै उक्त पाँच दिने कार्यक्रम एक्सचेञ्ज नगरी नगदमै मोटरहेडका वाइक खरीद गर्दा रु१०,०००।– छुट र फाइनान्स खरीदमा रु.८,०००।– छुटको व्यवस्था गरेको छ ।

उपत्यका भित्र रहेका कम्पनीका पाँच शो रुमहरु धोविघाट, सल्लाघारी, टेकु, चावहिल र बालाजुबाट अफरको फाइदा लिन सकिने कम्पनीले जनाएको छ । बजारमा राम्रो प्रवेश गर्न सफल यस ब्राण्डका हाल ७ मोडल रहेका छन्। जसमा अफ रोड राइडका लागि Sports-250, X-Torque 250, MH-200X र रोड।अफरोड दुवैलाई हुने गरी Sports-250, X-Torque 250, MH-200X रहेका छन् । मोटरहेडका वाइकहरुको मूल्य रु.३,०५,०००।– देखि लिएर रु.४,५५,०००।– सम्मका रहेका छन् ।

कम्पनीले बिक्रिलाई सहज बनाउन र ग्राहकलाई सजिलो महसूस गराउन विभिन्न रिकण्डिसन र फाइनान्सहरुसंग सहकार्य गरी अघि बढेको जानकारी कम्पनीले दिएको छ । यसका साथै बिक्रि पछिको सेवालाई सवल र सहज बनाउन आवश्यीकीय तालिम दिलाई विभिन्न ठाउँमा आधिकारीक मर्मत केन्द«हरुको स्थापना गर्दै गरेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री