मंगलबार, ११ वैशाख २०८१

सर्वसधारणको रुपैयाँ मिटरब्याजमा

समयपोष्ट २०७४ फागुन १६ गते २:०३

बैंक तथा वित्तीय संस्थाभन्दा बढी ब्यजा दिने भन्दै सर्वसाधारणको रुपैयाँ उठाएर चर्को ब्याजमा ऋण लगानी गर्ने गिरोह पूर्वी नेपालमा सक्रिया रहेको भन्दै नेपाल प्रहरीले खोजी कार्य अघि बढाएको छ।

Advertisement

यो खबर आजको कारोबार दैनिकमा मातृका दाहालले लेखेका छन्,राष्ट्र बैंकको अनुमति नलिाई त्यसरी सर्वसाधारणको रकम उठाई चर्को ब्याजमा लगानी गर्ने समूह सक्रिया रहेको भन्दै प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले विशेष अपरेशन चलाएको बताएको छ।

केही समय अघिमात्र इटहरी, धरान र विराटनगरलगायतका ठाउँबाट गैरकानूनी वित्तीय कारोबार गर्ने आठ संस्थाका केही कर्मचारी पक्राउ परेपछि पूर्वी नेपालमा यस्तै अरु समूह पनि सक्रिय रहेको भन्दै ब्यूरोले अनुसन्धान चलाएको प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिए।

बढी ब्याजदरको लोभ देखाएर सर्वसाधारणबाट रकम असुल गर्ने तर फिर्ता लिन चाहेमा आठ प्रतिशतसम्म सेवाशूल्क कट्टी गर्ने गरेको पाइएको छ। त्यस्तै ऋण दिंदा पनि १० प्रतिशतसम्म सेवाशुल्क असुल गरेको प्रहरीले पाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री