शनिबार, ११ असार २०७९

गर्भवतीको अपरेसन गर्ने बेला डाक्टर नै भागेपछि..

समयपोष्ट २०७४ फागुन १६ गते १:५७

गाइघाट, उदयपुर – अपरेसन तयारी गर्न निर्देशन दिँदै जिल्ला अस्पतालका डाक्टर तीन घण्टा बेपत्ता भएपछि बिरामी मर्कामा परेका छन् ।

Advertisement

आजको अन्नपूर्ण पोस्टमा समाचार छ, सोमबार साँझ प्रसुतिका लागि ल्याइएकी एक गर्भवतीको अपरेसन तयारी गर्दागर्दै डा. अमिताभ ठाकुर सम्पर्कविहीन भएपछि अपरेसन हुन सकेन ।

त्रियुगा नगरपालिका ९ का गीता खड्काको सामान्य प्रसूति नभएपछि डाक्टरले नै अपरेसन तयारी गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका थिए ।

तर, अपरेसन तयारी पूरा भएको तीन घण्टा बित्दा पनि डाक्टर नआएपछि बिरामीलाई आफन्तले निजीमा लैजानुपर्यो ।

समाचारमा लेखिएको छ, डाक्टरको मोबाइल नउठेपछि गर्भवतीका आफन्तले कोलाहल मच्चाएका थिए ।

Advertisement

अपरेसन गर्नुपर्ने बेला डाक्टर किन भागे भन्ने विषय गम्भीर भएको अस्पताल विकास समितिका अध्यक्ष राकेश खत्रीले बताए । यस विषयमा छानबिन गर्ने जानकारी उनले दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री