शुक्रबार, १६ चैत २०८०

फरार सूचीमा रहेका रेशमलाल चौधरी अदालतमा उपस्थित

समयपोष्ट २०७४ फागुन १४ गते ८:१२

टीकापुर घटना गराएको आरोपमा फरार सूचीमा रहेका रेशमलाल चौधरी जिल्ला अदालत कैलालीमा उपस्थित भएका छन् ।

Advertisement

कैलालीको टीकापुर घटना लगत्तै फरार रहेका चौधरी आज जिल्ला अदालतमा आफैं उपस्थित भएका हुन् । चौधरी प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र नं १ बाट राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए ।

अहिले जिल्ला न्यायाधिश पर्शुराम भट्टराईको एकल इजलाशले बयान लिने काम गरिरहेको अदालतका श्रेस्तेदार इन्द्र कडायतले जानकारी दिनुभयोे । अभियुक्त चौधरीको पक्षमा अधिवक्ताहरु गंगाराम उपाध्याय, गजेन्द्रबहादुर केसी र मिलनकुमार राईले वहश पैरवी गरिरहेका छन् ।

विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षााकर्मी र एक नाबालकको ज्यान गएको थियो । उक्त घटनामा चौधरीलाई दोषी देखाइएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री