‘भोलि बेलुकासम्म सवै मन्त्रिको नाम फाइनल, पर्सी ३ बजे सपथग्रहण’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार मन्त्रिमण्डल बिस्तार हुने बताएका छन् ।
‘बिहानमात्रै प्रधानमन्त्रीजीसँग मेरो कुरा भयो । पर्सी ३ बजे सपथ हुन्छ र मन्त्रिमण्डलले पूर्णता पाउँछ’, शनिबार प्रेस सेन्टर र प्रेस चौतारी नेपालले चितवनमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भने, भोलि बेलुकासम्म नाम पनि फाइनल हुन्छ ।’
दुई पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै रहेर नेतृत्वलाई मिलाउन सकस पर्दा क्याबिनेटलाई पूर्णता दिन ढिलाई भएको बताइएको बेला प्रचण्डले यस्तो बताएका हुन् ।
प्रचण्डको दाबी अनुसार सबै वर्ग क्षेत्रलार्ई मिलाउनु पर्दा केही समय लागेको जस्तो देखिएको हो । यद्यपी तत्काल सरकार विस्तार गरेर जनताको पक्षमा काम गरिहाल्ने हुटहुटी वर्तमान सरकारमा रहेको प्रचण्डको भनाई छ ।
माओवादी केन्द्रले पार्टीका वरिष्ठ नेता थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ । तर, अरु मन्त्रीको भने नाम टुंथगो लगाउन नसकेको हो ।
प्रतिक्रिया