शनिबार, १५ वैशाख २०८१

जग्गा बिक्री नगर्न विप्लवले दिए कडा चेतावनी

समयपोष्ट २०७४ फागुन ११ गते १३:०६

उद्योग सञ्चालनको लागि भनेर अधिग्रहण गरिएको जग्गा भूमाफिया  व्यवसायिक घरानाहरुलाई बिक्री गर्ने तयारी गरेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युष्टि पार्टीले त्यसो नगर्न चेतावनी दिएको छ ।

Advertisement

अधिग्रहण गरिएको जग्गामध्ये केही अलका अस्पताल, एनवी वाट्रा कम्पनी र प्रिफेव हाउस कम्पनीलाई राजनीतिक दलका नेता तथा ललितपुर महानगरपालिका–२८ का वडा अध्यक्षको समेत मिलेमतोमा विक्री गर्न लागिएको ललितपुर जिल्लाका सक्रेटरी विपिनले विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन् ।

निश्चित प्रयोजनका लागि अधिग्रहण गरिएको जग्गा अनुत्पादक प्रयोजनका लागि विक्री गरे पार्टीले कडा कदम उठाउने उनले चेतावनी समेत दिएका छन् ।

५ दशकअघि नेपाल सरकार र चीन सरकारको सहयोगमा स्थापना भएको हरिसिद्धि इटा तथा टायल कारखानाले हरिसिद्धिको ७ सय रोपनी जग्गा अधिग्रहण गरेको थियो ।

तर, सन् २०४९ सालमा निजीकरणको नाममा गिरिजा सरकारले देशभरका करीब ३४ वटा राष्ट्रिय उद्योगहरु निजीकरण गरेपछि यो उद्योग पनि धरासायी बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री