शुक्रबार, १४ वैशाख २०८१

नेपाली बजारमा टाटाको नेक्सन बिक्री सुरु, यस्तो छ मुल्य

समयपोष्ट २०७४ फागुन ११ गते ७:२६

नेपालको लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले एसयुभी सेग्मेन्टको नेक्सन गाडी  बिक्री सुरु गरेको छ ।

Advertisement

यो गाडी पेट्रोल र डिजल दुर्इ भेरियन्टमा नेपाली बजारमा उपलब्ध छ । पेट्रोल भेरियन्टमा यो गाडीको सुरुवाती मूल्य ३२ लाख ७५ हजार रुपैयाँबाट सुरु हुन्छ भने डिजल भेरियन्टको ४१ लाख ५५ हजार रुपैयाँबाट सुरु हुन्छ ।

यि गाडीका एक्स इ, एक्स एम, एक्स टी र एक्सु टु प्लस मोडल छन् । नेक्सन भर्मोन्ट रेड, मोरोक्कान ब्लु, सिटल सिल्भर, ग्लासगो ग्रे र कलगरी व्हाइटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो गाडीमा प्रोजेक्टर हेडल्याम्प, एलइडी डे टाइम हेडल्याम्प र एलइडी टेल ल्याम्पयूक्त १६ इन्चको एलोइ व्हील, उत्कृष्ट फिटीङ, ड्यास टप एच डी इन्फोटेन्मेन्ट डिस्प्ले र मल्टी ड्राइभिङ मोड सिस्टम रहेको छ ।

कम्पनीका अनुसार ग्राहकले नेक्सन खरीदमा ७५ हजार किलोमिटर वा तीन वर्षको वारेण्टी पाउन सक्नेछन्।

कम्पनीले गत पुस १६ गतेदेखि नेक्सनको बुकिङ खुला गरेको थियो । कम्पनीका अनुसार अग्रिम बुकिङ गर्ने सय जनाले ७५ प्रतिशतलार्इ एक्सचेन्ज भ्यालु,एक वर्षको लागि निशुल्क तेल, एक वर्षको लागि फ्री सर्भिसिङ, एक सय बीस प्रतिशत रिफन्ड भ्यालु लगायतका सुविधा पाउनेछन् ।

भारतमा यो गाडी युवापुस्तामा लोकप्रिय छ । यो गाडीको प्रतिस्पर्धामा फोर्डको इकोस्पोर्ट,सुजुकी भिटारा ब्रेजा र रेनल्टको डस्टर रहेको छ ।

नेक्सनको आंशिक डिजाइन ल्याण्ड रोभर र रेन्ज रोभर इभोकबाट प्रेरित छ। कर्भ डिजाइन, पृथक स्टाइल र स्मार्ट फिचरका कारण एसयुभी मोडलमा नयाँ आयाम ल्याएको कम्पनीले जनाएको छ।

पेट्रोल भेरियन्टको नेक्सन रिभोर्ट्न एक्सइ३२ लाख ७५ हजार रुपैयाँ , एक्सएम ३४ लाख ९५ हजार रुपैयाँ  , एक्स जेड प्लस ३९ लाख ९५ हजार रुपैयाँ  र एक्स जेड प्लस डुअल टोनको ४० लाख ५५ हजार रुपैयाँ मूल्य रहेको छ ।

यसैगरि  डिजल भेरियन्टको नेक्सन रिभोर्ट्रन एक्सटी ४१ लाख ५५ हजार रुपैयाँ , एक्स जेड प्लस ४१ लाख ५५ हजार रुपैयाँ र एक्स जेड प्लस डुअल टोनको मूल्य ४५ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री