बिहीबार, १६ मंसिर २०७८

काँग्रेसलाई संगठित र पुरानै स्तरमा पुर्याउँन शशांकले निकाले यस्तो जुक्ति

समयपोष्ट २०७४ फागुन ११ गते ६:३४

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेस अब संगठित भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।

Advertisement

लमजुङको उदिपुरमा विहिबार साँझ आयोजित एक कार्यक्रममा बोल्दै डा कोइरालाले यस्तो बताउनुभएको हो । नेपाली काँग्रेसभित्र विभिन्न असन्तुष्टि सिर्जना भएपनि सबैको चासो काँग्रेसको सुदृढीकरणको लागि भएको उहाँको दाबी थियो ।

प्रजातन्त्र सेनानी एवं उदिपुरस्थित जनकल्याण माविका संस्थापक स्व रोहिणीराज त्रिपाठीको शालिक अनावरण गर्न लमजुङ आउनुभएका नेता कोइरालाले काँग्रेसलाई फर्केर हेर्दा धेरै योद्धा रहेको भन्दै संगठनलाई पुनःजागरण गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समानुपातिकको मतको आधारमा पनि काँग्रेसलाई विश्लेषण गर्नुपर्ने भन्दै उहाँले गिरिजाबाबुले भनेजस्तै काँग्रेसलाई संगठित र पुरानै स्तरमा पु¥याउने दाबीसमेत गर्नुभयो ।

“काँग्रेसलाई जनमत पटक्कै नभएको हैन” कोइरालाले भन्नुभयो “जनताको चाहना काँग्रेसभित्रको सुदृढीकरण हो, अब नेतृत्वले यसलाई मनन गर्नुपर्छ ।”

Advertisement

स्व त्रिपाठीको पहलमा प्राविबाट स्थापना भएको उक्त विद्यालयमा अहिले कक्षा ११ सम्म पठनपाठन हुन्छ । विद्यालयमा व्यावसायिक र प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञ सञ्चालन गरिएको छ ।

रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री