शुक्रबार, १६ चैत २०८०

ओली सरकारको पावर- सीमा क्षेत्रमा यस्तो ब्यवस्था गर्न भारत सहमत

समयपोष्ट २०७४ फागुन १० गते १६:०२

नेपाल–भारत एकीकृत जाँच चौकी निर्माणसम्बन्धी सञ्चालन समितिको आठौँ बैठक आज भारतको राजधानी नयाँ दिल्लीमा बसेको छ ।

Advertisement

शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माको सहअध्यक्षता रहेको भारतका सीमा व्यवस्थापन सचिवसहितको उक्त बैठकमा वीरगन्ज र विराटनगरमा निर्माणाधीन एकीकृत जाँच चौकीको वस्तुस्थिति तथा निर्माण प्रगतिबारे परामर्शदाताले जानकारी गराएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

भैरहवा र नेपालगन्जमा पनि एकीकृत जाँच चौकी निर्माणको तयारीबारे परामर्शदाताले बैठकमा अवगत गराएको तथा निर्माण र सञ्चालनसम्बन्धी सम्पूर्ण समस्या यथाशीघ्र समाधान गरी अघि बढ्न दुवै पक्षले प्रतिबद्धता जनाएका छन् ।

वीरगन्ज–रक्सौल र विराटनगर–जोगवनीलाई पहिलो चरणमा निर्माण गर्ने सहमति अनुरुप निर्माणको काम अघि बढाइएको छ । नेपाल र भारतबीच वस्तु तथा सेवाको प्रवाहका साथै दुवै मुलुकका नागरिकको सहज आवागमनका निम्ति सीमा क्षेत्रमा अत्याधुनिक सुविधा सम्पन्न एकीकृत भन्सार जाँच चौकी र अध्यागमन सञ्चालनका निम्ति दुवै देशले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री