बिहीबार, ६ वैशाख २०८१

आँखाको हाउभाउका कारण इन्टरनेटमा भाइरल भएकी अभिनेत्री किन पुगिन् अदालतको शरणमा ?

समयपोष्ट २०७४ फागुन ९ गते ६:३१

एक भिडियो क्लिप्सबाट एकाएक भाइरल हुन पुगेकी अभिनेत्री प्रिया प्रकाश अदालतको शरणमा पुगेकी छिन् ।

Advertisement

‘ओरु आधार लभ’ नामक दक्षिण भारतीय (मलायालम) फिल्मको एक गीतमा आँखाको हाउभाउका कारण इन्टरनेटमा भाइरल भएकी उनी आफू विरूद्धको मुद्धाको खारेजी माग्दै सर्वोच्च अदालत पुगेकी हुन् ।

फिल्म ‘ओरु आधार लभ’ भित्र रहेको गीत ‘मनिक्या मलाराया पूवी’ बिरुद्ध हैदरावाद कोर्टमा रिपोर्ट दर्ता गरिएको छ ।

उनले गलत अनुवादलाई आधार बनाएर केहि व्यक्तिले मुद्धा दर्ता गराएको दाबी गरेकी छन्।

सो गीतमा इश्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मद तथा उनकी पत्नीको प्रेमप्रसँगलाई बयान गरिएको र त्यसो गर्नु इश्लाम विरूद्ध हुने दाबी गर्दै उनी सहित फिल्मका निर्माता-निर्देशकका विरूद्ध मुद्धा दर्ता गरिएको थियो। उनी विरूद्ध तेलङ्गना र मुम्बईमा मुद्धा दर्ता गरिएको छ।

गीत १९७८ मा पीएमए जब्बरले लेखेका थिए । यसको बिषयमा कोटले बुधबार आफ्नो फैसला सुनाउने भएको छ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री