शुक्रबार, १४ वैशाख २०८१

देउवा सरकारको निणर्य केपी सरकारले उल्टायो, राष्ट्रपतिको क्विक डिसिजनसंगै राष्ट्रियसभाले यसरी पायो पूर्णता

समयपोष्ट २०७४ फागुन ८ गते ६:५३

राष्ट्रपति विद्यादेवी भण्डारीले  सरकारले राष्ट्रियसभामा सिफारिस गरेको तीन जनालाई राष्ट्रियसभामा मनोनित गरेकी छिन् ।

Advertisement

भण्डारीले मंगलबार  डा .युवराज खतिवडा, रामनारायण विडारी र  डा विमला पौड्यालको नाम मनोनित गरेकी हुँन् ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले यि तीनै जनाको नाम मनोेनितका लागि सिफारिश गरेको थियो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता कूल प्रसाद चूडालले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिले   नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेको उल्लेख छ ।

यसअघि देउवा सरकाले गोपाल बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेलको नाम  राष्ट्रिय सभा सदस्यको नियुक्तिका लागि  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो  । तर, केपी ओली नेतृत्वको सरकारले सो निर्णयलाई बदर गर्दै नयाँ सदस्य सिफारिश गरेको थियो  भने राष्ट्रपतिले पनि तत्कालै मनोनित गरेकी हुन ।

राष्ट्रपतिले  तीनै जनाको नाम मनोनित गरेसँगै राष्ट्रियसभाले पूर्णता पाएको छ । सवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभामा ५९ जना सांसद रहनेछन् ।

जसमध्ये ५६ जना प्रत्येक प्रदेशबाट  चुनिएर आएका थिए भने  ३ जना राष्ट्रपतिद्धारा मनोनित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री