बिहीबार, १५ चैत २०८०

टिकट वितरणमा कुरा नमिल्दा वाम गठबन्धन छाडेर नेपाली काँग्रेससँग तालमेल गर्न पुगेका भट्टराईले एमाले–माओवादी सहमतिबारे यसो भने-

समयपोष्ट २०७४ फागुन ८ गते ६:१९

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि सम्झौता भएपछि  नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया जनाएका छन् ।

Advertisement

उनले सामाजिक सञ्जाल मार्फत   ‘भेडा भेडासँग, बाख्रा बाख्रासँग’ हुनु राम्रो भएको प्रतिक्रिया दिए ।

उनले लेखेका छन् लेखेका छन्,
‘एमाले–माके एकता प्रक्रिया औपचारिक रूपले अघि बढेकोमा हार्दिक बधाई तथा शुभकामना ! राजनीतिमा पनि ’ भेडा भेडासँग बाख्रा बाख्रासँग’ हुनु राम्रो कुरा हो ।’

उनले यसबाट अब नेपाली जनतालाई विचार–नीति र कार्यक्रम–कार्यशैली एउटै भएका तर नाम मात्रै फरक भएका पार्टीहरूको भ्रमबाट मुक्त हुन धेरै सजिलो हुने पनि उल्लेख गरेका छन् ।

भट्टराई थप लेख्छन्,

अब देशमा दोश्रो विश्वदुद्ध पछिको शीतयुद्धकालीन दुइ ध्रुवीय परिवेशमा जन्मेर हुर्केका परम्परागत उदारवादी लोकतन्त्रको पक्षधर काँग्रेस र स्टालिनवादी राज्य– समाजवाद पक्षधर कम्युनिष्ट ध्रुवको विकल्पमा एक्काइसौं शताब्दी र चौथो औद्योगिक क्रान्तिको विश्वसन्दर्भ र भर्खरै संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको तथा क्रोनी क्यापिटालिज्म (आसेपासे पूँजीवाद ) को दुष्चक्रमा फँस्न थालेको नेपालको विशिष्ठ परिस्थिति अनुकुलको समावेसी र समानुपातिक र सहभागितामूलक लोकतन्त्रमा आधारित समुन्नत समाजवाद वा नयाँ समाजवादको तेश्रो धार निर्माण गर्न मदत पुग्नेछ ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री