बिहीबार, १३ वैशाख २०८१

प्रहरीले ‘खोजिरहेका’ सिलवाल प्रधानमन्त्री निवासमा

समयपोष्ट २०७४ फागुन ८ गते १:४९

कार्यसम्पादन मूल्याकंन किर्ते सम्बन्धी मुद्धामा प्रहरीले व्यापक खोजी गरिरहेका पूर्व डिआईजी एवं एमाले सांसद नवराज सिलवाल केपी प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक स्थानमा देखिएका छन् ।

Advertisement

यो खबर आजको कान्तिपुरमा छ, सिलवाल सोमबार साँझ एमाले नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री ओलीलाई भेटन बालुवाटार पुगेका थिए ।

सरकारी छाप दस्तखत किर्ते मुद्दामा सर्वोच्च अदालतको आदेश अनुसार प्रहरीले अनुसन्धानका निम्ति सिलवाललाई ब्यापक खोजी जारी राखेको थियो । पुसको दोस्रो सातामात्रै प्रहरी परिसर काठमाडौंले सिलवाललाई बयानका लागि उपस्थित गराउन भन्दै प्रहरी परिसर ललितपुरलाई पत्राचार गरेको थियो ।

सिलवाल फेला नपरेपछि प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी कार्यालयलाई पत्राचार गर्दै उनको खोजी जारी राख्न आन्तरिक सर्कुलर गरेको थियो । यति गर्दा पनि सिलवाल फेला नपरेपछि प्रहरी प्रधान कार्यालयले सिलवालका नाममा इन्टरपोलमार्फत डिफ्युजन नोटिससमेत जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री