शुक्रबार, १६ चैत २०८०

शाहीले पार्टी एकता हुँनै लाग्दा किन दिए पदबाट राजिनामा ?

समयपोष्ट २०७४ फागुन ७ गते ७:२०

नेकपा एमालेका तर्फबाट मुगुको प्रदेश सभा ‘ख’ बाट निर्वाचित सांसद चन्द्रबहादुर शाहीले सांसद पदबाट राजीनामा दिएका छन् ।

Advertisement

शाहीले एमालेको प्रदेश कमिटीको निर्णय चित्त नबुझेकाले सांसद र पार्टीको केन्द्रीय सल्लाहकारबाट राजीनामा दिएको  बताए ।

उनले एमालेले  पुराना कार्यकर्ताहरुलाई वाइपास गरेर ठेकेदार,एनजीओकर्मी र राप्रपाबाट आएका तर हैसियत नभएकालाई मन्त्री बनाएकाले आफूलाई उक्त निर्णय मन नपरेकाले राजीनामा दिएको बताए ।
उनले संसदीय दलका नेता यमलाल कँडेलले आफुखुशी मन्त्री नियुक्ति गरेको आरोप लगाउँदै भने,‘सभामुख बनाइएका राजबहादुर शाही पार्टीको कुनै हैसियतमा थिएनन् । भौतिक योजना तथा पूर्वाधार मन्त्री बनाइएका खडक बीसी सुर्खेतका नामुद ठेकदार हुन् । अर्का मन्त्री दलबहादुर रावल एनजिओ संचालक हुन् । नन्दबहादुर रावल राप्रपाबाट आएका हैसियत नभएका व्यक्ति हुन् । यस्तो निर्णय स्वीकारेर म सांसद र एमालेको कार्यकर्ता भएर बस्न नसक्ने भएकाले राजनीमा दिएको हुँ ।’

बाम गठनबन्धन गरेर चुनाव लडेका एमाले र माओवादी केन्द्रबीच ६ नं प्रदेश माओवादीले मुख्यमन्त्री पाएको छ ।

शाही मुगु जिल्ला नेकपा एमालेको तर्फबाट प्रदेश सभा ख बाट ६ हजार ८ सय ४५ मत ल्याएर विजयी भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री