शनिबार, ८ वैशाख २०८१

ब्यापारीको ५१ पोका कपडामा एसपीले आँखा लगाएपछि नवलपरासीमा तनाव

समयपोष्ट २०७४ फागुन ७ गते ६:४८

नवलपरासीको पालिनन्दन गाउँपालिका १ मा स्थानीय र प्रहरीबीच झडप भएको छ ।  झडपका क्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड अश्रुग्यास र एक राउण्ड हवाई फायर गरेको छ ।

Advertisement

गत २८ माघमा सीमा क्षेत्रका व्यापारीले छोरी भन्सार कार्यालय भुजहवाको गोदाममा स्टोर गरेर राखेको ५१ पोका कपडा प्रहरीले बरामद गरी  महेश्वर भन्सार कार्यालय पुर्याएको थियो ।

त्यहाँबाट प्रक्रिया पुर्याएर छाडिदिनुको साटो नवलपरासीका एसपी मुकुन्द राज आचार्यले भैरहवा भन्सार  पठाउनु पर्ने बताएपछि व्यापारी आक्रोशित भएका थिए ।

आचार्यको निर्देशनमा  ५१ पोका कपडा भैरहवा भन्सार पठाउन गाडीमा लोड गरिँदै  गर्दा स्थानीय व्यापारीले अवरोध गरेपछि झडप  सुरु भएको बताइएको छ ।

सोमबार बिहान ८ बजेदेखि   १० बजेसम्म  प्रहरी र व्यापारीबीच झडप भएको थियो भने अहिले  थप प्रहरी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री