शुक्रबार, १६ चैत २०८०

वामगठबन्धन सरकार बनेसँगै चीनले माग्यो रेलमार्ग निर्माणका प्रस्ताव

समयपोष्ट २०७४ फागुन ७ गते १:४९

चीनले दुईदेशीय अन्तररेलमार्ग निर्माणका लागि औपचारिक रुपमा विस्तृत प्रस्ताव मागेको छ ।

Advertisement

आजको कान्तिपुरमा यो खबर छ, वामगठबन्धन सरकार बनेसँगै दुई देशबीचका सम्झौता कार्यान्वयनमा चासो व्यक्त भईरहँदा चीनले यस्तो प्रस्ताव मागेको हो ।

नेपालमा तिब्बतबाट रेल ल्याउनु निकै खर्चिलो हुने भए पनि असम्भव नभएको भन्दै नपालसँग ठोस प्रस्ताव मागिएको चिनियाँ उच्च अधिकारीले खुलाएका हुन् ।

हामीले प्राविधिक तथा भौगोलिक अध्ययन गर्यौँ, निकै खर्चिलो छ तर असम्भव छैन, चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारीहरुलाई उदृत गर्दै बेईजिङस्थित नेपाली दुतावासले भन्यो, केरुङबाट नै रेल जोड्न सकिन्छ ।
यसमा नेपालले ढिलाई गर्न हुँदैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री