मंगलबार, ११ वैशाख २०८१

प्रजातन्त्र दिवसको अवसरमा टेलिकमको ‘फ्रिडम प्याक’ , अनलिमिटेड कल , एसएमएस र डाटा चलाउन सकिने

समयपोष्ट २०७४ फागुन ६ गते ८:२३

प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ग्राहकहरुलाई ‘फ्रिडम प्याक’ सार्वजनिक गरेको छ ।

Advertisement

कम्पनीका अनुसार जीएसएम र सीडीएमए मोबाइलका ग्राहकहरुले सो प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेड रुपमा गर्नसक्ने छन् ।

जीएसएम तथा सीडीएमएका ग्राहकले सो प्याक खरिद गरेपछि ६० मिनेटसम्म कम्पनीको नेटवर्क भित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्ने कम्पनीले जनाएको छ । सो प्याक २५ रुपैयाँमा खरिद गर्न सकिनेछ ।

सो प्याक फागुन ६ गतेदेखि आगामी ८ गतेसम्म खरिद गर्न सकिने छ । एक पटक खरिद गरेको प्याक चलाउने अवधि सकिए पछि अर्को पटक फेरि प्याक खरिद गर्न सकिने छ । तर एक पटकमा एउटा प्याक मात्र खरिद गर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री