बिहीबार, १६ मंसिर २०७८

नेपाल मै छन् एक्काइसौं शताब्दीमा पनि आदिम जीवनशैलीका यस्ता मानिस

समयपोष्ट २०७४ फागुन ५ गते ९:५९

वीरेन्द्र कर्ण 
मुलक एक्काइसौं शताब्दीको संघारमा पुगे पनि घुमन्ते बञ्जाराको जीवनशैलीमा भने कुनै परिर्वतन आउन सकेको छन् ।

Advertisement

आधुनिक युगमा पनि उनीहरु आदिम जीवनशैलीमै रमाउने गरेको छ । घना जंगलमा बस्ने ती बञ्जारा जंगली जनावर र पशुपक्षीको शिकार गरी आफ्नो जीवन धान्ने गरेको पुर्खौली पेसालाई अगाडि बढाउने परम्परालाई निरन्तरता दिइने गरेको छ ।

घुमन्ते जीवनशैलीमा रमाउने यी बन्जाराको लस्कर जंगल सडक छेउ तथा मानवबस्ती भन्दा टाढा बस्न मन पराउँछन् । जनावरसँग पैठाजोडी खेल्न यिनिहरुको दिनचर्या भएको छ । जंगल चारकोषे झाडी चहार्दै शिकार गर्ने आफ्नो तथा परिवारको जीवन गुजारा गर्ने जमिर बञ्जाराले राससलाई भन्नुभयो – “हामी जहाँ गए पनि पाल टाँगेर बस्छांै, त्यहीँ हाम्रो बस्ती हुन्छ ।”

केही दिनअघि बारा सिमरा उपमहानगरपालिका–१७ जीतपुरमा रहेको सहजनाथ साझेदारी वनक्षेत्रको चारकोषे झाडी नजिक भेटिएका जमिर बञ्जाराले सबै बञ्जारा जंगलमा बस्दैनन् भन्नुहुन्छ । बञ्जारा जातमध्ये पतन चटुवा र कनौज जातीका बञ्जारा जंगलमा बस्दैनन् ।

हामी बञ्जारामध्ये उपल्लो जातको बञ्जारा भएकाले जंगलमा बस्ने गर्छांै, समय र परिस्थितिअनुसार घुमन्ते जीवन बिताउन एक ठाउँबाट अर्काे ठाउँ जाने गर्दछांै ।

Advertisement

जंगलमा गई जनाबर पशुपक्षीका शिकार गर्ने हाम्रो परम्परा हो भने जातो, सिलौटा बनाएर बिक्री गर्ने हाम्रो व्यवसाय पनि हो, उनी भन्छन्, “हाम्रा पूर्खाहरुले जंगलमा बसेर जीवनयापन गर्ने परम्परा चलाएकाले यो परम्परालाई जीवन्ता दिन हामी पनि जंगलमै बस्ने गरेका छौं ।”

उहिले उहिले घरैया बञ्जारा साहु–महाजनकहाँ बसेर सेवा सत्कार गर्ने गर्दथे तर अव यो परम्परा पनि हराइसकेको छ, सोनफी बञ्जारा भन्छन्, “तर अव यो अवस्था छैन, समयको परिर्वतनसँगै हामीमा पनि चेतना आएपछि जीवनशैली भने घुमन्ते भएको छ ।” राज्यको सुविधाबाट टाढा रहेका बञ्जारा जंगललाई जुगौल, स्याललाई स्यालुइँया भन्ने गर्दछन् ।

एक ठाउँमा धेरै दिन बस्न नरुचाउने बञ्जारा प्राय २०÷२५ दिनमै अर्काे ठाउँमा जाने गर्दछन् । जहाँ जान्छ, त्यहीँ पाल टाँगेर बस्ने गर्दछन् उनीहरु । शिकारका लागि एक दिनमा २०÷२५ किलोमिटर जंगलमा यात्रा गर्ने यिनीहरुको बानी बसिकेको छ । वनजंगलभित्र जनावरको शिकार गर्न उनीहरुले बन्दुकको ठाउँमा घरेलु हतियार (भाला, बर्छा) प्रयोग गरी मृग, स्याल, दुम्सी, बँदेलजस्ता जनाबरको आवाज निकालेर शिकार गर्ने गर्दछ ।

त्यति मात्र नभएर बकुला, ढुकुर, हरियाल, सारस, लगायतका जंगली चरा, स्याल, न्याउरी मुसो, सर्प, बाँदर, लंगुरजस्ता जनावरको शिकार गरी खाने गर्दछन् । त्यति मात्र होइन्, जंगलमा पाइने मौरीको मह बेचेर अन्य समान खरिद गर्ने गर्दछन् उनीहरु ।

ओत लाग्ने आफ्नो घरसमेत नभएका घुमन्ते बञ्जारा कुनै देशको नागरिक भने होइनन् । त्यसैहोला युवा र युवतीको विवाह तय गर्दा जुन देशमा बसेर विवाह तय गरिन्छ त्यस देशको रु पाँच हजार र एक जोडी हरियो मुख भएको हरियाल चरा केटो पक्षले दहेजको रुपमा केटीपक्षलाई दिने चलन छ, मनचनिया बञ्जाराले वैवाहिक परम्पराबारे जानकारी दिँदै भन्नुभयो, “हाम्रो जातीमा पाइने अनांैठो चलनमध्ये केटाले आफ्नो श्रीमती र सासूको नाम लिदँैन भने केटीले आफ्नो श्रीमान् र ससुराको नाम लिन मिल्दैन ।”

सासू र श्रीमतीको नाम भुलेर पनि काढ्नु हुदँैन यदि नाम काढ्यो भने एक दिन उपवास बसेर भूइँया देवताको पूजाअर्चना गरी माफी माग्नुपर्छ सोनफी बञ्जारा भन्छन्, ‘हाम्रो समाजको मुख्य देवता भनेको वनदेवी, सलहेस, ब्रह्म र भगवती नै हुन ।’

यस जातीको अर्काे अनौठो परम्परा भनेको– भर्खरै जन्मेको शिशुको गोडामा दुईवटा न्याउरी मुसाको बलि दिनु हो । यसको अर्थ शिशुको गोडामा बलि दिनु भनेको जनावरको रगत र उनीहरुमाथि आफ्नो प्रभुत्व कायम गर्नु हो । शिशु ६÷७ वर्षको भएपछि उनलाई पनि शिकार खेल्न सिकाइन्छ । उनीहरु शिकार खेल्न सिपालु भइसकेपछि जंगलमा एकलै शिकार खेल्न इजाजत दिने गरिन्छ ।

देश, काल, परिस्थीति तथा देशको राजनीति अवस्था भन्दा टाढा रहने यी बञ्जारालाई राज्यसँग कुनै सरोकार नहुने भएकोले आफ्नो पुर्खौली परम्परालाई धान्न घुमन्ते जीवन बिताउने गरेको पाइन्छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री