बिहीबार, १५ चैत २०८०

बारीमा पिसाव फेर्न गएको बेला १४ वर्षीय किशोरीमाथि जवरजस्ती करणी

समयपोष्ट २०७४ फागुन ५ गते ७:२४

सिरहाको  गोलबजार नगरपालिका ९ की एक १४ वर्षीय किशोरीमाथि जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।

Advertisement

जबरस्ती करणी आरोपमा मिर्चैया नगारपालिका ९ ढोडनाका २५ दिपक कुमार मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

घर नजीकैको बारीमा पिसाव फेर्न गएको बेला शुक्रवार वेलुका मिर्चैया नगारपालीका ९ ढोडनाका २५ दिपक कुमार मण्डल र १९ वर्षिय श्यामकुमार महराले जवरजस्ती करणी गरिरहेको वेला हल्ला खल्ला भएपछि स्थानीयले पक्राउ गरी मण्डललाई प्रहरी जिम्मा लगाएको हो । महरा भने फरार भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मण्डललाई जवरजस्ती करणीको मुद्दा दर्ता गराएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर राजेश सुवेदीले जनाए । फरार महराको खोजी भईरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री