शुक्रबार, ७ वैशाख २०८१

यु -एम बाइकका तीन नयाँ मोडल सार्वजनिक, यस्ता छन् विशेषता

समयपोष्ट २०७४ फागुन ४ गते ६:०१

अमेरिकी बाइक कम्पनी यु एम ले इलेक्ट्रिक क्रुजर मोटर साइकल रेनेगेड थोर भारतीय बजारमा सार्वजनिक गरेकोे छ । भारतकै पहिलो यस मोटरसाईकललाई दिल्ली अटो एक्स्पो २०१८ मा सार्वजनिक गरिएकोे हो ।

Advertisement

रेनेगेड थोर विश्वकै  पहिलो गेअर भएको इलेक्ट्रिक क्रुजर बाइक हो । यसले ३० किलो वाट पावरका साथै ७० न्यु टन मिटर टर्क उत्पादन गर्दछ ।

यो बाइकमा  ५ स्पिड ट्रान्समिसन भएको गेअरबक्स र हाइड्रलिक क्ल्च तथा कन्ट्रोलर भएको लिक्विड कुल्ड मोटर राखिएको कम्पनीले जनाएको छ । यस बाईकमा चालकको सुविधालाई ध्यानमा राखी रिभर्स गेअर पनि राखिएको छ ।

यससंगै कम्पनीले साहसिक र मनोरन्जन प्रेमी ग्राहकलाई लक्षित गर्दै बाईकको अर्को दुई मोडल रेनेगेड ड्युटी S र रेनेगेड ड्युटी ACE समेत शो मा सार्वजनिक गरेकोे छ ।

यि दुवै बाइकमा २२३ सिसि सिंगल सिलिन्डर र ५ स्पिड गेअर बक्स रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री