बिहीबार, २० वैशाख २०८१

नेप्सेको सूचिकरणमा ‘क’ वर्गमा कुन कुन कम्पनी परे ?

समयपोष्ट २०७४ फागुन ३ गते ७:४४

नेपाल स्टक एक्सचेञ्च ( नेप्से)मा सूचिकृत २०६ वटा कम्पनीहरुमध्ये ११० कम्पनी सूचिकरणको ‘क’ समूहमा परेको छ । नेप्सेका अनुसार वाणिज्य बैंक समूहबाट २७, अन्य समूहबाट २, जलविद्युत समूहबाट ५, होटल समूहबाट २, बीमा समूहबाट १६, वित्त समूहबाट ११, विकास बैंक समूहबाट २१ र माईक्रोफाइनान्स समूहबाट २६ कम्पनीहरु ‘क’ वर्गमा परेका छन् ।

Advertisement

नेप्सेले चुक्ता पुँजी कम्तिमा २ करोड भएको, साधारण शेयरधनीहरुको संख्या कम्तिमा १००० भएको, कम्तिमा तीन वर्ष देखि लगातार मूनाफामा रहेको, शेयरको किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र उक्त आर्थिक वर्षको कारोबार तथा आय–व्यय विवरण पेश गरेको कम्पनीहरुलाई ‘क’ वर्गमा वर्गीकृत गर्दै आएको छ ।

नेप्सेले धितोपत्र सूचिकरण विनियमावली,२०५३ को विनियम १४ को उपविनियम(२) ले व्यवस्था गरेको शर्त अनुसार सूचिकृत कम्पनीहरुको वर्गिकरण गरेको जनाएको छ ।

आर्थिक बर्ष २०५३/’५४ देखि सूचिकृत कम्पनीहरुको वर्गीकरण गरिने प्रक्रिया आरम्भ भए अनुसार आ.व. २०७४ मा १११ कम्पनीहरु ‘क’ वर्गमा वर्गीकृत भएकोमा आ.व. २०७४/७५ मा ११० वटा कम्पनीहरु ‘क’ वर्गमा वर्गीकृत भएका छन ।

Advertisement

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री