बुधबार, १२ वैशाख २०८१

भारत र चीनको प्रशंसा गर्दै देउवाले दिए राजिनामा

समयपोष्ट २०७४ फागुन ३ गते ६:०२

प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका छन् । बिहीबार बालुवाटारमा देशबासीका नाममा सम्बोधन गर्दै देउवाले राजीनामा दिएका हुन् ।

Advertisement

राजीनामा दिने क्रममा देउवाले आफूले तीनै तहको निर्वाचन सम्पन्न गर्नुनै ठूलो उपलव्धि भएको भन्दै मुलुकको प्रमुख कार्यभार पूरा गरेको जनाए । उनले संविधानलाई सर्वस्वीकार्य बनाउने र तीनै तहको निर्वाचन सम्पन्न गर्नु कम चुनौतिपूर्ण नभएको भन्दै निर्वाचनले सम्बृद्ध नेपाल निर्माणको अभियानलाई सकारात्मक सहयोग पुग्ने दावी समेत गरे ।

उनले आफूले निर्वाचन शान्तिपुर्ण ढंगले सम्पन्न गरेको भन्दै त्यसक्रममा बाधा व्यवधानहरु आएपनि कुनै बल प्रयोग नगरेको दावी गरे । ‘अब लामो संक्रमणकालको अन्त्य भएको छ,’ देउवाले भने ।

सम्बोधनका क्रममा देउवाले काँग्रेसको सभापतिको हैसियतमा सम्बृद्ध नेपाल निर्माणका लागि आफ्नो भूमिका रहिरहने पनि बताए ।

उनले संघीयता कार्यन्वयनका क्रममा गर्नुपर्ने धेरै काम सुरु भएको भन्दै आगामी बन्ने सरकारले पनि त्यसलाई निरन्तरता दिनेमा आफू विश्वस्त रहेको बताए ।

सरकारले विभिन्न अवरोधकाबीच ठूला आयोजना सञ्चालनको तयारी गरेको भन्दै मेलम्ची खानेपानी, अरुण तेस्रो, हुलाकी राजमार्ग लगायतका योजना तिव्र गतिमा अगाडी बढाएको बताए । उनले आफैले बहुचर्चित चमेलिया जलविद्युत आयोजनको उद्घाटनसमेत गरिसकेको बताए ।

त्यस्तै उनले गरिबी निवारण कोष प्रभाकारी बनाएको, राष्ट्रिय स्वार्थलाई केन्द्रविन्दुमा राखेर नै सवै निर्णयहरु गरेको तथा पन्चशीलका आधारमा छिमेकीसँगको सम्बन्ध कायम राख्ने प्रयास भएको बताए ।

करिब १५ मिनेट लामो सम्बोधनका क्रममा देउवाले आफ्नो कार्यकालमा जनजीविविकालगायतक धेरै विष्यमा काम गर्न खोज्दा खोज्दै सम्पन्न गर्न नसके बताउँदै धेरै सकारात्मक कामको शुरुवात भएको बताए ।

उनले २०३० सम्म दिगो विकासको लक्ष्य लिएको जानकारी दिँदै स्वदेशी तथा विदेशी लगानीमा उत्साहजनक सहभागिता बढेको बताए । उत्पादन, रोजगार लगायतमा लगानी बढेको भन्दै जनताको सरकारेकारका विषयलाई उच्च प्राथमिकतामा राखेर गरेको कामलाई आगामी सरकारले पनि निरन्तरता दिने विश्वास व्यक्त गरे ।

सम्बोधनका क्रममा देउवाले  आफ्नो कार्यकालमा भारत र चीनको सहयोगको सह्राना समेत गर्न भ्याए । देउवाले आजै राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष राजीनामा बुझाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री