शुक्रबार, ७ वैशाख २०८१

ओलीका लागि राष्ट्रपतिको भ्रमण रद्ध, आजै सपथ ग्रहणको तयारी हुँदै

समयपोष्ट २०७४ फागुन ३ गते ५:४९

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बहुमतको दावीसहितको पत्र बोकेर आज बिहान राष्ट्रपति निवास पुगेका छन् ।

Advertisement

आयोगले हिजो साँझ निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाएलगत्तै बाम गठबन्धनको बैठक बसेर बिहिबार नै सरकार गठनका लागि राष्ट्रपतिलाई पत्र पठाउने निर्णय भए अनुसार प्रधानमन्त्रीका लागि राष्ट्रपति विद्या भण्डारीसमक्ष  दावी पेश गरिएको हो ।

बाम गठबन्धनले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका लागि सिफारिस गर्दै राष्ट्रपतिलाई पत्र बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले आजै ओलीलाई प्रधानमन्त्रीको सपथ खुवाउने तयारी भइरहेको बताईएको छ । एमाले नेताहरुले पनि आज नै प्रधानमन्त्रीको रुपमा ओलीको नियुक्ति तथा सपथ हुन सक्ने बताएका छन् । आज ४ बजेका लागि प्रधानमन्त्रीको सपथको तयारी भइरहेको बताईएको छ ।

यसैबीच, राष्ट्रपति विहिबार बिहान ११ बजे पाथिभरा जाने कार्यक्रम तय भएको थियो । तर, आजलाई उक्त कार्यक्रम रद्द गरिएको बताईएको छ ।

निर्वाचन आयोगले चुनावी परिणाम बुझाएलगत्तै बाम गठबन्धनलाई नयाँ सरकार गठन प्रकृया अघि बढाउन सहज भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री