शनिबार, १५ वैशाख २०८१

सारी, कुर्ता र नक्कली गहनाले सजिए महिला प्रहरी

समयपोष्ट २०७४ फागुन १ गते २:००

महिलाले लगाएका गहना लुट्न जाने लुटेरालाई लक्ष गरेर यो बर्ष शिवरात्रीमा प्रहरीले नयाँ सुत्र अपनाएको छ ।

Advertisement

आजको अन्नपूर्ण पोस्टमा खबर छ, दर्शनार्थीको भीडको मौका पारेर लुटेरा समूहले गहना लुटपाट गर्न सक्ने भन्दै प्रहरीले सादा पोसाकमा महिला प्रहरी खटाएको छ । त्यो पनि दर्शनार्थीकै भेषमा ।

सारी, कुर्ता र नक्कली गहनाले सजिएर लुटेराको निगरानी गर्ने योजनासहित डेढ सय महिला प्रहरी खटिएका छन् ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीका अनुसार,

-विगतका बर्षमा लुटेराले दुख दिए पछि यो बर्ष नयाँ सुत्र परिचालन गरिएको हो ।

-शिवजीको दर्शन गर्न पुगेका दर्शनार्थीको भीडको फाइदा उठाउँदै लुटेराले गहना लुट्ने गरेका छन् ।

-भीडमा पीडितले लुटेरा पहिचान गर्न नसकेपछि लुटेरा उम्कने गरेको देखियो ।

-लुटपाट कम गर्न महिला प्रहरी दर्शनार्थीकै भेषमा नक्कली गहना लगाएर खटिन्छन्, लुट्न खोजे समात्न सजिलो हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री