बिहीबार, १५ चैत २०८०

‘रियल स्पोर्टी स्कूटर’ रे जेडआर

समयपोष्ट २०७४ माघ २८ गते ३:४४

यामाहा स्कुटरको रे जेडआरको लूक्स थप स्पोर्टी छ । रे जेडआरको बाह्य डिजाइनले गतिशीलताको झलक दिन्छ । साथै, यसले फ्रेश लूक्स दर्शाउँछ ।

Advertisement

‘स्पोर्टी र हेभी’ यो स्कूटरमा बलियो फ्रण्ट मास्क, सीधा रेखा र गतिको अनुभव दिलाउने ग्राफिक्स कोरिएका छन् । पुरुष राइडरलाई पुग्ने ‘लेग स्पेस’, ठूलो ‘अण्डरसिट स्टोरेज’ (२१ लिटर) र बाक्लो कुशन यसमा राखिएका छन् ।

रे जेडआरमा एअर कुल्ड ४–स्ट्रोक, एसओएचसी, सीभीटीजडित ११३ सीसी ‘ब्ल्यू कोर’ इञ्जिन जडान गरिएको छ । सीभीटीले स्कूटर चल्न शुरू हुँदा र गुडिराख्दा ‘स्मूथनेश’को अनुभूति दिलाउँछ । नयाँ स्कूटरको डिजाइन अतुलनीय रूपमा आकर्षक छ भने यसले इन्धनको अधिकतम प्रयोगलाई प्रत्याभूत गर्छ । यसै कारण यसको माइलेज ६६ किलोमिटर प्रतिलिटर छ ।

रे जेडआरमा इन्ष्ट्रुमेण्ट क्लष्टर जडान गरिएको छ, जस कारण रातिको समयमा पनि सजिलैसँग हेर्न सकिन्छ । अगाडिको पकेटको आकार आधा लिटरको बोत्तल अट्नेगरी ठूलो बनाइएको छ भने ब्यागहरू झुन्ड्याउन हुक लगाइएको छ । ‘की सटर लकिङ सिष्टम’ राखिएकोले स्कुटर चोरी हुनबाट जोगाउन सकिन्छ । पछाडिको साइट लाइट बडीबाट बाहिर निस्कने गरी डिजाइन गरिएको छ, जसले यसलाई स्पोर्टी देखाउँछ । साथै, डिस्क ब्रेक, ट्युबलेस टायर र रोबष्ट बडीमा कुँदिएको ग्राफिक्सले यसलाई स्पोर्टी बनाइदिएको छ ।

रे जेडआर डिस्क र ड्रम ब्रेकमा उपलब्ध छन् । यामाहाको सिग्नस रे महिलाप्रति लक्षित थियो भने रे जेड युवाका लागि, अल्फा महिलाका लागि र प्रिमियम फेशनका लागि फेसिनो स्कूटर ल्याएको थियो । अहिले युवालाई लक्षित गरी स्टाइल, स्पोर्टीनेश र इन्नोभेशनयुक्त नयाँ रे जेडआर ल्याइएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री