मंगलबार, ६ चैत २०८०

ओलीले निच शब्द प्रयोग भयो अदालत जान्छु भनेपछि पन्तले भने- सरी

समयपोष्ट २०७७ फागुन १६ गते १७:२४

Advertisement

नेकपा (प्रचण्ड–नेपाल) पक्षका नेता रघुजी पन्तले राष्ट्रियसभा सांसद कोमल वलीलाई चोट पुर्‍याउने आशयले आफुले नबोलेको दाबी गरेका छन् ।

राजधानीमा शनिबार आयोजित कार्यकर्ता भेलामा पन्तले ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद भएको’ टिप्पणी गरेपछि पन्त विवादमा परेका थिए ।

वलीको विषयमा पन्तको टिप्पणी सार्वजनिक भएपछि सामाजिक सञ्जालमा महिलाविरोधीका रूपमा पन्तको आलोचना भइरहेको छ। सो बिषयमा कुरा गर्दै पन्तले भने, ‘मेरा शब्दले उहाँलाई चोट पुर्‍याएको छ भने म साँच्चै दु:खी छु। यो मेरो मनैदेखिको दु:ख व्यक्त गराई हो। सरी, मेरो आशय त्यस्तो थिएन,’ पन्तले भने, ‘मैले सन्दर्भवश उहाँको गीतलाई जोड्न खोजेको थिएँ। शब्दहरू यताउता पर्दा मेरो अभिव्यक्तिले उहाँप्रति चोट पुग्न गएको छ भने त्यसप्रति म ज्यादै दुखित छु।’

पन्तले आफू महिला समानताका लागि सधैं आवाज उठाउने गरेको बताए।

‘मिडियाहरूले पनि विषयलाई बङ्ग्याएर विवादित पार्ने ढंगले त्यसलाई अगाडि सार्नु हुँदैन। म महिला समानताको पक्षमा आवाज उठाउँदै आएको मान्छे हुँ,’ पन्तले भने, ‘उहाँले मलाई निकै नमीठो शब्द निच भनेर गाली गर्नुभएको छ। ती शब्दप्रति म जान चाहन्नँ। उहाँलाई चोट परेको र फिल भएका कारण त्यस्तो अभिव्यक्ति आएको हुनसक्छ। म सम्पूर्ण महिलाप्रति सम्मान भाव राख्ने मान्छे हुँ।’

पन्तले आफ्नो बारेमा निम्नस्तरको टिप्पणी गरेपछि सांसद ओली भने अदालत जाने सोचिरहेको बताइन्।

‘उहासँग मेरो राम्रो सम्बन्ध थियो। कुनै वैमनश्य पनि थिएन। उहाँ प्रेस सल्लाहकार पनि हुनुहुन्थ्यो। रेडियो नेपालमा पनि आउनुहुन्थ्यो। म दाइ भन्थेँ,’ वलीले भनिन्, ‘तर अचानक हिजो उहाँको कुरा सुनेँ। म आफैं आश्चर्यचकित छु। चोटमा परेको छु।’वलीले आफू पन्तको राजनीतिक प्रतिस्पर्धी नरहेको बताइन्।

‘म महिला क्लष्टरबाट राष्ट्रियसभा सांसद भएको हुँ। मलाई पार्टीमा जिल्लाबाट सिफारिस भएर प्रदेशबाट नाम गएर उहाँ पनि भएको स्थायी समिति बैठकले राष्ट्रियसभामा टिकट दिएको हो,’ वलीले भनिन्, ‘लाग्दैन, मसँग उहाँको कुनै कम्पिटिसिन थियो। तर उहाँलाई के कुरा चित्त बुझेको रहेनछ, त्यस्तो निच शब्द प्रयोग गर्नुभयो। यौनिकताको कुरा गरेर गैरराजनीतिक बोल्नुभयो। म आफैं आश्चर्यचकित छु।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री