मंगलबार, ६ चैत २०८०

ओली जस्तो रद्दी मान्छे धर्तीमा कोहीपनि छैन : माधव नेपाल

समयपोष्ट २०७७ फागुन १५ गते १८:३५

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमले अहिले पनि केपी ओलीलाई सुधार्ने कोसिस गरिरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–माधव समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कुनै बेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर केपी ओलीको राजीनामा सबैभन्दा पहिला गौतमले नै मागेको उल्लेख गर्दै अहिले फेरि ओलीलाई सुधार्न उनले नै कोसिस गरिरहेको बताएका हुन् ।

अध्यक्ष नेपाल भने,‘दुई तिहाईको संख्यामा भएको ठाउँमा उहाँले तुरुन्तै भङ्ग गरिदिनुभयो । किन भङ्ग गरिदिनुभयो भने मलाई प्रधानमन्त्रीबाट हटाउने भए भनेर । प्रधानमन्त्रीबाट हटाउने कुरा गर्ने को हो थाहा छ ? वामदेव गौतम हो । फेरि उहाँ (प्रचण्ड)लाई दोस जान्छ सबैभन्दा बढी । होइन, साँचो कुरा म तपाईहरुलाई बताउँछु । केपी ओली मान्छे खराब मान्छे हुन् भनेर स्थायी कमिटीको बैठकमा भाषण गर्नुभएको छ वामदेवले । ४० मिनेट भाषण गर्नुभयो, केपी ओली जस्तो रद्दी मान्छे धर्तीमा कोहीपनि छैन भनेर । अब अहिले पनि उहाँ फेरि कोसिस गर्दै हुनुहुन्छ । केपीलाई सुधार्न । अब प्रयास गर्नुहोस् भनेर मैले भनेको छु, यो बालुवा पेलेर तेल निस्किँदैन कोसिस गर्नुहोस् ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री