बिहीबार, १५ चैत २०८०

टोपबहादुरसहित यी चार नेताको नाम लिदैँ झाक्रीले भनिन् -अब यी पार्टीमा अटाउँदैनन्

समयपोष्ट २०७७ फागुन १४ गते १८:५६

Advertisement

नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले अबको पार्टीमा केपी ओलीसहित चार नेताहरु नअटाउने बताएकी छिन् ।

शुक्रबार बागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै झाँक्रीले सुवास नेम्वाङ, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझीहरु पार्टीमा नअटाउने बताएकी हुन् । उनले पार्टी विभाजनका खलपात्र राखेर कम्युनिस्ट पार्टी नबन्ने बताईन् ।

नेतृ झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली आफैंले आत्मघाती गोल गरेर हारिसकेको समेत बताईन् । उनले भनिन्,‘खेलको नियम हुन्छ, समय हुन्छ । आत्मघाती गोल गरेर केपी ओली पराजित भइसकेका छन् । थप गोल गर्ने समय सकिएको छ,’ उनले भनिन् । अब पार्टी विभाजनमा सामेल खलपात्र बाहेकको कम्युनिस्ट पार्टी बन्ने झाँक्रीले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री