शुक्रबार, १४ वैशाख २०८१

अर्घाखाँचीका सिडियोले कार्यालयमै बाडे राहत

समयपोष्ट २०७७ फागुन १४ गते १३:४७

Advertisement

अशोक खनाल

जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीले शारीरिक र बौद्धिक अपांगता भएका सेवाग्राहीलाई कार्यलयमै राहत वितरण गरेको छ।

शुक्रवार कार्यलय परिसरमै प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले मालारानी गाउँपालिका वडा न. ५ का १९ बषिय युवक हरि नेपालीलाई राहत वितरण गरेका हुन।

शारीरिक र बौद्धिक अपांगता भएका नेपालीलाई उक्त वडाका वडा अध्यक्ष शोभाखर भुसालले नागरिकता बनाइदिन कार्यलय ल्याएको थाहा पाएपपछि कार्यलयको सामाजिक उत्तरदायित्व अन्तरगतको कोषबाट प्रमुख जिल्ला अधिकारी पौडेलले बलाङ्केट त्रिपाल र केही लत्ताकपडाहरु राहत स्वरुप प्रदान गरेका हुन ।

कार्यालयले यसअघि पनि दर्जनौं अपांगता भएका ब्यक्तिहरुलाई राहत वितरण गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री