शनिबार, १५ वैशाख २०८१

महामारीले जीवन बीमाको आवश्यकता महसुस गराएको छ

समयपोष्ट २०७७ फागुन १४ गते ११:२३

Advertisement

जीवन बीमा क्षेत्रमा कोभिडले कस्तो प्रभाव पार्यो ?
कोभिड महामारीले विश्वव्यापीरुपमा प्रतिकूल असर पारिरहेको हालको अवस्थामा जीवन बीमा क्षेत्रमा पनि कोभिडले असर पारेको छ । व्यावसायिक गतिविधिमा प्रतिकूल असर पर्नासाथ जीवन बीमा व्यवसायमा त्यसको असर अवश्य पर्ने नै हुन्छ । यद्यपि, सानिमा लाइफको व्यवसाय गत आ.व.भन्दा १३४ प्रतिशतले वृद्धि भएको छ । कोभिड महामारी नभएको भए अझ बढी व्यवसाय हुने अवस्था थियो ।

कोभिडले अन्य क्षेत्रलाई जस्तै बीमा क्षेत्रलाई पनि नयाँ ढङ्गले अघि बढ्न सिकायो । बीमा क्षेत्रको लागि यो अवसर बन्यो कि चुनौती ?
कोभिडले जीवन बीमा व्यवसायलाई नयाँ ढङ्गले अघि बढ्न पक्कै सिकायो । प्रविधिको अत्यधिक प्रयोग गरी अभिकर्ताहरुलाई अनलाइन प्रशिक्षण दिने कार्यको सुरुवात भयो । नयाँ बन्ने अभिकर्ताहरुलाई आधिकारिकरुपमा अनलाइन तालिम दिन सकिने व्यवस्थाहरु भए । जीवन बीमाका ग्राहकहरुलाई अनलाइनमार्फत् जीवन बीमा गर्न सकिने प्रकारका व्यवस्थाहरुको विकास भयो । कोभिडले बीमा क्षेत्रका लागि अवसर र चुनौती दुवै ल्याएको छ । डिजिटल पेमेन्टको प्रयोगमा व्यापकता आएको छ । महामारीले ग्राहकहरुलाई जीवन बीमाको आवश्यकताको महसुस गराएको छ, जसका कारण जीवन बीमा व्यवसाय वृद्धिमा सहयोग पुगेको छ । साथै, कोभिडका कारण व्यावसायिक कार्यहरुमा असर पर्न गई ग्राहकहरुको क्रयशक्तिमा ह्रास हुन गएकोले केही चुनौती पनि थपिएको छ । लगानीको क्षेत्रबाट जुन किसिमको प्रतिफल बीमा कम्पनीले प्राप्त गर्नुपर्ने हो, त्यसमा पनि केही प्रतिकूल असर परेको छ ।
बीमा कम्पनीका जोखिमहरु के–के हुन् ?
जीवन बीमा कम्पनीका विशेषगरी २ प्रकारका जोखिम हुन्छन् । पहिलो, लागानीको प्रतिफल कस्तो आउने हो भन्ने जोखिम । दोस्रो, बीमा मृत्यु दावीबाट हुन सक्ने आर्थिक जोखिम ।

सानिमा लाइफमै जीवन बीमा किन गर्ने ?
सानिमा लाइफ नेपालको एक विश्वासिलो ब्राण्ड सानिमासँग सम्बन्धित छ । सम्बन्धित पक्षहरुलाई सरल र उच्चस्तरीय सेवा प्रदान गर्ने कम्पनीको प्रमुख उद्देश्य रहेको छ । अत्यन्त फरक तथा राम्रो विशेषता भएका बीमालेख योजनाहरु यस कम्पनीले ग्राहकवर्गलाई प्रस्तुत गरेको छ । नेपालभर हाल ९६ कार्यालयहरु स्थापना गरी सेवाग्राहीलाई जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । अत्याधुनिक प्रविधिमार्फत् ग्राहकलाई जीवन बीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ । ग्राहकवर्गको आर्थिक जोखिमको सुरक्षा, ग्राहकलाई भरपर्दो सेवाका लागि सानिमा लाइफ व्यवस्थापन सदैव कटिबद्ध छ । सानिमा लाइफमा न्यूनतम आयदेखि अधिकतम आय भएका ग्राहकहरुलाई समेट्ने बीमा योजनाहरु उपलब्ध छन् ।

जीवन बीमाको पहुँच वृद्धि गर्न सानिमा लाइफ के–कस्ता योजनाका साथ अघि बढ्दैछ ?
जीवन बीमाको पहुँच विस्तार गर्न शाखा कार्यालयहरुको सङ्ख्या बढाउने, धेरैभन्दा धेरै अभिकर्ता उत्पादन गरी आवश्यक प्रशिक्षण दिने, कर्मचारी वर्गलाई आवश्यक प्रशिक्षण दिई सेवाप्रति उत्तरदायी बनाउने, प्रत्येक ग्राहकको आवश्यकतालाई मध्यनजर राख्दै समयसापेक्ष नयाँ बीमा योजनाहरु बजारमा ल्याउने, सूचना–प्रविधिको विकासको गतिसँगै यस कम्पनीले ग्राहक सेवामा नयाँ प्रविधिको प्रयोग गर्ने योजना रहेको छ ।

सानिमा लाइफले आफ्नो अभिकर्तासँग कसरी सहकार्य गरिरहेको छ ?
कम्पनीको मेरुदण्ड भनेकै कम्पनीका अभिकर्ताहरु हुन् । उहाँहरु नै वित्तीय सल्लाहकारका रुपमा बीमितको घर–घरमा पुग्नुहुन्छ । यस सन्दर्भमा सानिमा लाइफले आफ्ना अभिकर्ताहरुलाई समयसापेक्ष नियमितरुपमा प्रशिक्षणहरु दिँदै आएको छ र आगामी दिनमा अझ बढी प्रभावकारी प्रशिक्षण कार्यक्रम आयोजना गरिने योजना रहेको छ । अभिकर्ताहरुलाइ डिजिटल्ली कनेक्ट गर्न अत्याधुनिक आईटी टेक्नोलोजीको प्रयोग गरिएको छ ।

बीमा समितिले लगानी निर्देशिका ल्याए पनि किन लगानीमा विविधता आउन सकेको छैन ?
लगानीको क्षेत्रमा विविधता नै छ । समयसापेक्ष हिसाबले लगानीको क्षेत्र अझ फराकिलो बन्दैछ । लगानी निर्देशिकाअनुसार विविध क्षेत्रमा लगानी गर्ने प्रतिशत तोकिएको र सो क्षेत्रहरुमा कम्पनीहरुले हालको आफ्नो आर्थिक क्षमताअनुसार लगानी निर्देशिकाको अधिनमा रही लगानी गरिरहेको छ भने आगामी दिनहरुमा कम्पनीको लगानी थपिँदै जाने हुनाले केही समयपश्चात् विविधता प्रष्ट देखिन्छ ।

कम्पनीको वर्तमान अवस्था, यसले बीमितलाई दिएको सेवा र आगामी योजनाहरु के छन् ?
कम्पनीको वर्तमान अवस्था अत्यन्त राम्रो छ । सम्पूर्ण सूचकाङ्क अत्यन्त राम्रो बन्दै गएका छन् । व्यवसाय वृद्धिदर उत्साहजनक छ । हामीले प्रडक्ट मिक्सलाई ध्यान दिएका छौं । नियमक निकायले दिएको निर्देशनलाई शिरोधार्य गर्दै अनुपालन केन्द्रित तथा ब्राण्ड कन्सियस भएर व्यवसाय विस्तारमा लागेका छौं । ग्राहकहरुको आवश्यकतालाई पूरा गर्ने सबै प्रकारको बीमा योजनाहरु प्रस्तुत गरिएका छन् । यद्यपि, समयसापेक्ष नवीनतम् प्रकारको बीमा योजनाहरु निकट भविष्यमा प्रस्तुत गर्ने योजना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री