बिहीबार, १३ वैशाख २०८१

रुबिना दिलाइकले हात पारिन् ‘बिग बोस सिजन १४’ को उपाधि

समयपोष्ट २०७७ फागुन १० गते १४:४८

Advertisement

रुबिना दिलाइकले ‘बिग बोस सीजन १४’ को उपाधि हात पारेकी छन् ।

फाइनलमा रुबिनासँगै राहुल वैद्य, अली गोनी, निक्की तम्बोली र राखी सावन्त पुगेका थिए । शो १४० दिनसम्म चलेको थियो । बहस, लडाई र नाटक पार गर्दै रुबिना बिजेता बनेकी हुन् । उनले ट्रफीसँगै नगद ३६ लाख भारतीय रुपैयाँ पुस्कार हात पारेकी छिन् । बिग बोसमा जानुअघि उनी टेलिसिरियलमा सक्रिय थिइन् ।

राखीले भने विकल्पमा दिइएको १४ लाख भारतीय रुपैयाँ लिएर शो छोडिन् । अली गोनी सबैभन्दा कम भोट प्राप्त गर्दै शोबाट आउट भए भने अन्तिम एलिमिनेसनमा निक्की बाहिरिएकी थिइन् ।

टप टुमा रुबीना र राहुल पुगेका थिए । बिग बोस, भारतको सबैभन्दा ठूलो रियालिटी शो हो । यसका प्रस्तोता बलिउडका सुपरस्टार सलमान खान हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री