नेपाल बालसाहित्य समाजको नव कार्यमितिलाई कार्यभार हस्तान्तरण
नेपाल बालसाहित्य समाजको नवगठित कार्यसमितिलाई कार्यभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
नेबासासको विधान– २०४४ (पछिल्लो संशोधनसहित) अनुसार नेबासास कार्यसमितिको कार्यकाल दुई वर्षको रहेको छ । वि.सं. २०७५ सालमा गठित कार्यसमितिको कार्यकाल समाप्त भइसकेकाले २०७७ माघ ३ गते भएको निर्वाचनमा निर्वाचित नवकार्यसमितिलाई पुरानो कार्यसमितिले कार्यभार हस्तान्तरण गरेको हो ।
नेपाल बालसाहित्य समाज २०४४ सालमा स्थापित नेपालकै जेठो बालसाहित्यिक संस्था हो । यस संस्थाले मुख्यतः बालसाहित्यको विकास र बालसाहित्यमार्फतत पठन सिप, पठन संस्कार र संस्कृतिको विकासका लागि विविध कार्यहरु गर्ने गर्दछ ।
बागबजारस्थित पद्म कन्या क्याम्पसको कक्षमा यही माघ २४ गते निवर्तमान कार्यसमिति अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेबासासका आजीवन सदस्य तथा निर्वाचन समिति सदस्य प्रभाभट्टराईले शुभकामना मन्तव्यसहित बालकविता वाचन गर्नुभएको थियो । यसै गरी आजीवन सदस्य रामबहादुर पहाडीले बालगजल गाउनुभएको थियो ।
वर्तमान कार्यसमितिमा निर्विरोध निर्वाचित कोषाध्यक्ष राजेन्द्रभक्त जोशीले संस्थाको आर्थिक अवस्था बारेमा प्रतिवेदन पेश गर्नुभएको थियो । पूर्वकार्यसमितिमा पनि उहाँ नै कोषाध्यक्ष हुनुहुन्थ्यो । यसपछि निवर्तमान महासचिव प्रा.डा. ध्रुवकुमार घिमिरेले संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै वर्तमान महासचिव यशु श्रेष्ठलाई संस्थाको माइन्युट हस्तान्तर गर्नुभयो । निवर्तमान अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालले आफ्नो नेतृत्वको कार्यकालमा कार्यसमितिले सम्पन्न तथा सञ्चालन गरिरहेका महत्वपूर्ण कार्यक्रमहरुको जानकारी गराउँदै शुभेच्छा र शुभकामनासहित नवगठित कार्यसमितिका अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरेलाई कार्यभार हस्तान्तरण गर्नुभएको भयो ।
अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरे, उपाध्यक्ष प्रमोद प्रधान, महासचिव यशु श्रेष्ठ, सचिव डा. यादेवी ढकाल, कोषाध्यक्ष श्री राजेन्द्रभक्त जोशी, सदस्यहरु उद्धव प्याकुरेल, एकाराम सिं, मन्जु ज्ञवाली, शान्ति सापकोटा, सजनी नौबागे र सुशीला प्रधानाङ् सहितको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै वरिष्ठ बालसाहित्य सर्जक तथा समाजका मानार्थ सदस्य शान्तदास मानन्धरले टीका तथा कार्यक्रमका सभापति डा. शैलेन्दुप्रकाश नेपालले माला लगाइदिनु भएको थियो ।
बालसाहित्य सर्जक, पूर्वअध्यक्ष तथा समाजका सल्लाहकार तेजप्रकाश श्रेष्ठले नोटबुक र कलम तथा निर्वाचन संयोजक मातृका पोखरेलले प्रमाणपत्र दिनुभएको थियो । उहाहरुले शुभकामना मन्तव्य व्यक्त गर्दै नेबासासले बालसाहित्यको विकासमा जोड दिँदै सम्पूर्ण बालसाहित्य सर्जकहरुलाई समेटेर लैजाने विस्वास व्यक्त गर्नुभएको थियो । निर्वाचिन अध्यक्ष प्रा.डा. घिमिरेले पनि आफ्नो भनाइ राख्नुभएको थियो ।
सौहर्द वातावरणमा निर्वाचन सम्पन्न गर्नुहुने निर्वाचन समितिका संयोजक तथा सदस्यहरुलाई पनि कदरपत्र प्रदान गरिएको थियो । यसपटक अनलाइनमार्फत पनि मतदान गर्ने व्यवस्था गरिएको थियो । अनलाइन भोटिङ समितिका सदस्यहरुलाई पनि कदरपत्र प्रदान गरियो ।
कार्यक्रममा समाजका आजीवन सदस्य एवं प्राज्ञ डा. देवी नेपाल, सल्लाहकार श्री भिक्टर प्रधानसहितले शुभकामना मन्तव्य राख्दै अब नेबासासले गर्नुपर्ने कार्यबारे प्रकाश पार्नु भएको थिया
प्रतिक्रिया