शुक्रबार, २७ असार २०८२

ऐश्वर्यालाई नक्कली औंठी लगाइदिएर अभिषेखले गरेका थिए प्रपोज

समयपोष्ट २०७७ माघ २९ गते ११:४९

Advertisement

बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेख बच्चनको विवाह भएको बाह्र बर्ष पुरा भैसकेको छ । छोटो समयको प्रेमपछि विवाह गरेको यो जोडी बलिउडमा उदाहरणीय जोडीको रुपमा लिइन्छ ।

दुवैले ‘ढाई अक्षर प्रेम’, ‘कुछ न कहो’जस्ता सुपरहिट फिल्ममा एकसाथ काम गरेका थिए । को–एक्टरभन्दा पनि यी दुई निकै असल साथी थिए । दुवैको केमेस्ट्री फिल्मको पर्दामा निकै रुचाइयो ।

करिश्मा कपूरसँग इन्गेजमेन्ट टुटेका अभिषेक र सलमान र विवेक ओवरायसँग सम्बन्ध टुटाएकी ऐश्वर्याको भेटघाटले विवाहको रुप लिएको थियो ।

‘बन्टी और बबली’ को सेटमा दुवैबीचको दूरी घटेको थियो । त्यसपछि गुरु, धुम–२ मा काम गरेपछि अझै उनीहरु झन् नजिकिएको भारतीय सञ्चार माध्यमहरु बताउँछन् ।

Advertisement

फिल्म गुरुको प्रिमियरको दौरान अभिषेकले ऐश्वर्यालाई विवाहको प्रस्ताव राखेका थिए । अभिषेक बच्चनले ऐश्वर्यालाई प्रस्ताव राख्दा नक्कली औंठी लगाइदिएका थिए ।

नायिकाले एक अन्तरवार्ताका क्रममा अभिषेकले आफूलाई अमेरिकामा हुँदा विवाहको प्रस्ताव राखेका थिए । गुरुको सुटिङ पछि हामी दुबै न्यूयोर्कमा थिए । अभिषेकले यो विशेष मौकाका लागि पूरा तयारी गरेका थिए र सही मौका देख्ने बित्तिकै उनले ऐश्वर्यालाई प्रपोज गरे तर उनले ऐश्वर्यालाई जुन औंठी लगाइदिएका थिए त्यो वास्तविक हिरा वा सुनको नभई फिल्मकै एक सीनमा प्रयोग भएको प्रप लगाइदिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री