आइतबार, ६ जेठ २०८१

नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त

समयपोष्ट २०७७ माघ २८ गते १९:३०

Advertisement

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त हुनु भएको छ ।

संचालक समितिको मंगलबार बसेको ३१५ औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो ।

संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती स्विकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ । संचालक समितिले उहाँको नियुक्तीसँगै कम्पनीले नयाँ उचाइ लिने विश्वस व्यक्त गरेको छ ।

विगत ३.५ वर्षदेखि नेपाल लाइफसँग आवद्ध रहनुभएका सन्तोष प्रसाईले साउन १ गते देखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको थियो । यस अघि पनि बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा ७ वर्ष लामो अनुभव सम्हाल्नु भएको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री