आइतबार, ६ जेठ २०८१

सन्राइज बैंकको सिइओ बने शर्मा, अर्थशास्त्र र एमबिए ईन फाईनान्समा गोल्ड मेडलिष्ट

समयपोष्ट २०७७ माघ २८ गते १९:२५

Advertisement

सन्राइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा सुमन शर्मा नियुक्त भएका छन् ।

शर्मालाई बुधबार बसेको बैंकको संचालक समितिको ३६७ औ बैठकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त हुनु भएका शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर डिग्री हासिल गरिसके पछि सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट आफ्नो करियर शुरु गर्नुभएको हो ।

सात वर्षसम्म एसबीआई बैंकमा काम गरिसकेपछि सन् २००५ मा नेदरल्याण्डको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबिए डिग्री हासिल गर्नुभएका शर्मा अर्थशास्त्र र एमबिए ईन फाईनान्समा स्वर्ण पदक विजेता पनि हुनुहुन्छ ।

Advertisement

नेपाल फर्केपछि शर्माले एनएमबी बैंकमा १० वर्ष, माछापुच्छे बैंकमा ३ वर्ष र ग्लोबल आईएमई बैंकमा ६ महिना काम गर्नु भएको थियो । प्रमुख कार्यकारी अधिकृतको रुपमा सन्राइज बैंकमा आबद्ध हनु अघि शर्माले माछापुच्छ्रे बैंकमा २१ महिना प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गर्नु भएको थियो । प्रमुख कार्यकारी अधिकृत सुमन शर्माको बैकिङ्ग क्षेत्रमा करिब २२ वर्षको अनुभव रहेको छ ।

अर्घाखाँचीको पाली स्थायी ठेगाना भएका शर्मा हाल काठमाण्डौको गोठाटारमा बसोबास गर्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री