आइतबार, ६ जेठ २०८१

सिटिजन्स बैङ्क र कर्मभूमी समाज बीच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्झौता

समयपोष्ट २०७७ माघ २६ गते २०:४७

Advertisement

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड र कर्मभूमी समाज बीच सहुलियतपूर्ण कर्जा तथा लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता भएको छ । सिटिजन्स बैङ्क लघु, साना तथा मझौला उद्यमीहरुको वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकासको गर्नका लागि विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सधैं अग्रसर रहेको बैङ्कले जनाएको छ ।

नेपालीे जनशक्तिलाई रोजगारी र उद्यममा जोड्न सहज होस् भन्ने उदेश्यका साथ बैङ्कले यो सम्झौता गरेको जनाएको छ । मिहिनेत गर्न सक्ने उमेर, जोश, जागर, आर्जित सिप, प्रविधिलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउन यस पहलकदमीले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैङ्कको छ ।

कर्मभूमी समाजले व्यावसायिक ज्ञानको कमि, नेपाली बजारको यथार्थ जानकारी नहुने, नीति, नियम र प्रणालीसँग परिचित नहुने, व्यवस्थापकीय ज्ञानको अभाव, सरकारी तवरबाट व्यवसायिक तालिम, अभिमुखीकरण, परामर्शको व्यवस्था नहुने, वित्तीय साक्षरताको बारेमा जानकारी नहुनुले लघु, साना तथा मझौला उद्यमीहरुले भोग्नु परेको समस्याहरुलाई समाधान गर्न सहजकर्ताको भूमिका निर्वाह गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री