आइतबार, ६ जेठ २०८१

सन्राइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राणा नियुक्त

समयपोष्ट २०७७ माघ २६ गते २०:०२

Advertisement

सन्राइज बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राणालाई नियुक्त गरेको छ ।

संचालक समितिको सोमबार बसेको बैठकले आरती राज्यलक्ष्मी राणालाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो । विगत १९ वर्ष देखि बैकिङ्ग क्षेत्रमा कार्यरत रहनुभएकी राणा २०७६ कात्तिकमा सन्राइज बैंकको नायब महाप्रबन्धकको रुपमा प्रवेश गर्नुभएको थियो ।

एसआइबिएम भारतकोे पुनेबाट एमबिए गर्नुभएकीे राणाले सन् २००२ मा एभरेष्ट बैंकको म्यानेजमेन्ट ट्रेनीका रुपमा आफ्नो बैंकिङ्ग करियर सुरु गर्नुभएको थियो । एभरेष्ट बैंकमा पाँच वर्ष कार्य पश्चात ग्लोबल आइएमइ बैंकमा डेपुटी म्यानेजरका रुपमा प्रवेश गर्नुभएको उहाँंले १२ वर्ष उक्त बैंकमा काम गर्नु भएको थियो ।

राणाले बैकले आफू प्रति गरेको विश्वासलाई कदर गर्दै आगामी दिनमा बैंकलाई अझै उचाईमा पु¥याउन लागि पर्ने प्रतिबद्घता जनाउनु भयो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री