शनिबार, १५ वैशाख २०८१

भारतद्धारा सीमा क्षेत्र लक्ष्मीपुर- बलारा-गढैयासम्म कालोपत्रे सडक निमार्ण

समयपोष्ट २०७७ माघ २४ गते ७:३६

Advertisement

भारत सरकाले सर्लाही जिल्ला अन्र्तगत भारतीय सीमाको लक्ष्मीपुर-बलाराबाट गढैयासम्म कालोपत्रे सडक निमार्ण गरिदिएको छ ।

भारत सरकारको आर्थिक सहयोग ने.रु. ४४.४८ मिलियनको सहयोगमा निर्मित कालोपत्रे सडकको भारतको महावाणिज्य दूतावास विरगंजका महावाणिज्यदूत नितेश कुमार र सडक विभाग चंद्रनिगाहपुरका डिभिजन प्रमुख विनोद कुमार मौवरद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको छ ।

भारत सरकारको “नेपाल भारत विकास सहकार्य” अन्र्तगतको सहयोग कालोपत्रे सडक निमार्णमा उपयोग गरिएको हो । यस अन्र्तगत दूईवटा प्याकेजहरु छन्, ४.४६ कि.मिको भारतीय सिमा लक्ष्मीपुर–बलरा–मिर्जापुर र १.६२ कि.मिको मिर्जापुर–गडहिया सडक/हुलाकी सडक । यो परियोजना भारत सरकार र नेपाल सरकार बिचको समझौता अन्र्तगत एक उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा लिईएको थियो ।

उक्त सडक निमार्णका लागि भारतिय दुतावास, काठमाँडौ र भौतिक पुर्वाधार विकास तथा यातायात मंत्रालय अन्र्तगत जनकपुर सडक विभाग, डिभिजन सडक विभाग मुजेलिया बिच सम्झौता भएको थियो । हालमा उक्त परियोजना चंद्रनिगाहपुर सडक विभाग अनर्तगत रहेको छ । भर्खरै कालोपत्रे गरिएको भारत नेपाल सिमा जोडने सडकले दैनिक यात्रा गर्ने यात्रुहरुको आवागमन सहज गर्ने आशा गरिएको छ ।

यो परियोजनाले भारतको नेपालसंगको विकासमा साझेदारी प्रतिबिम्बित गर्दछ र नेपाल सरकारको पुर्वाधार विकासको प्रयासलाई सहयोग पुर्याउने बिश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री