शनिबार, ८ वैशाख २०८१

नाडाद्वारा महानगरिय ट्राफिक प्रहरी महाशाखालाई ५०० थान फ्लोरोसेन्ट ज्याकेट प्रदान

समयपोष्ट २०७७ माघ २१ गते १६:३६

Advertisement

नाडाको प्रतिनिधि मण्डलले ट्राफिक प्रहरीसंग राजधानीको ट्राफिक व्यवस्थापनमा देखिएका समस्याहरु र त्यसको निराकरणहरु बारे छलफल गरेको छ ।

बुधबार नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यीय प्रतिनिधि मण्डलले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रबक्ता प्रहरी उपरिक्षक श्याम अधिकारीसंग भेटी राजधानीको ट्राफिक व्यवस्थापनमा देखिएका समस्याहरु र त्यसको निराकरणहरु बारे विस्तृत छलफल गरेको नाडाले जनाएको छ ।

उक्त भेटघाट तथा छलफलमा महाशाखाका प्रबक्ता प्रहरी उपरिक्षक अधिकारीले राजधानीको ट्राफिक व्यवस्थापनमा देखिएका विभिन्न समस्या र चुनौतिहरु बारे चर्चा गर्दै ट्राफिक व्यवस्थापनमा सजह हुने व्यवस्थाका लागि नाडासंग मिलेर काम गर्न चाहेको बताउनु भयो ।

छलफलको क्रममा नाडाका अध्यक्ष दुलालले महानगरिय ट्राफिक प्रहरी महाशाखा र नाडा विच विगतको समयदेखि नै हुदै आएको सहकार्य बारे चर्चा गर्नु भयो । सोही क्रममा उहाले महानगरिय ट्राफिक प्रहरी महाशाखाले राजधानीको ट्राफिक व्यवस्थापनमा देखाएको भूमिकाको प्रसंसा गर्दे यसलाई अझ थप सुधार गर्नु पर्ने खाँचो रहेको र नाडा त्यसका लागि सहयोग गर्न तयार रहेको बताउनु भयो ।

छलफलपछि नाडाका अध्यक्ष दुलालले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रबक्ता प्रहरी उपरिक्षक श्याम अधिकारीलाई ट्राफिक व्यवस्थापनमा अझै सहज तथा सुरक्षित हुने ५०० थान फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण गर्नु भयो ।

विगतमा पनि आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरी तथा प्रहरी कार्यालयहरुलाई मोटरसाइकल, कुर्सी, ट्राफिक चिन्ह बोर्ड प्रदान गर्दै आएको नाडाले जानकारी दिएको छ । नाडाले २०६७ साल देखि नै नाडाको प्रत्येक साधारण सभामा राजधानीका उत्कृष्ट ३ जना ट्राफिक प्रहरीलाई कदर पत्र सहित प्रोत्साहन स्वरुप जनही पचिस हजार रुपिया प्रदान गर्दे आएको छ ।

उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत नाडाका उपाध्यक्ष करण चौधरी, उपाध्यक्ष आकाश गोल्छा महासचिव सुनिल रिजाल, सहकोषाध्यक्ष विक्रम सिंहानियासमेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री